दीपंकर परियत्तिमा पुरस्कार वितरण

बोधी संवाददाता
ललितपुर, साउन १४ । दीपंकर परियत्ति शिक्षालयको वार्षिकोत्सवको उपलक्ष्यमा आज यहाँ आयोजित एक कार्यक्रममा बौद्ध परियत्ति शिक्षामा उतीर्ण विद्यार्थीहरुलार्य आज पुरस्कार वितरण गरियो ।

 

दीपंकर परियत्ति शिक्षालय तथा श्रीचण्डी आदर्श विद्यालयका परियत्ति विद्यार्थीहरुलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पुरस्कार वितरण गर्नुभएको थियो ।

 

कार्यक्रममा सति धाख्वाले वार्षिक प्रतिवेदन पेश गर्नुभयो, बोधिरत्नले आर्थिक प्रतिवेदन पेश गर्नुभयो । साथै विद्यार्थीहरुको तर्फबाट शान्तराज शाक्य तथा मित्र खत्रीले आफ्नो अनुभव सुनाउनुभयो ।

 

उक्त अवसरमा परियत्तिका शिक्षक शिक्षिकाहरुलाई उपहार तथा पुरस्कार पनि प्रदान गरिएको थियो । साथै विद्यार्थीहरुद्वारा नाटक, ज्ञानमाला बौद्ध संगीत पनि प्रस्तुत गरिएको थियो ।

4 months ago/Saturday, July 29th, 2017 /