परम पावन विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछेकाे मुखार विन्द्वबाटबाट त्रियानको विषयमा धर्म प्रवचन

img

बाेधि समाचार, २८ श्रावण, काठमाडाैं
परम पावन विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछेको समुपस्थितिमा व्योम कुुसुमा महाविहार बिशालनगरमा बुद्ध र बुद्ध शिक्षामा महायान विषयमा धर्म देशना कार्यक्रम सम्पन्न भएको छ । श्री दीगु ख्यः गुठीको आयोजनामा सम्पन्न भएको धर्मदेशना कार्यक्रममा व्योम कुसुमा महाविहारका साहायक धर्मचार्य  श्रद्धेय मंजुघोष भद्रबाट परमपावन विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछेले नेपाली समुदायमा बुद्ध, धर्म दर्शन र शिक्षालाई प्रचार–प्रसारमा पु¥याउनु भएको योगदानको विषयमा चर्चा गर्नुहुँदै आफ्नो मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा उपस्थित उपासक उपासिका तथा संघवन्धुहरुबाट रिन्पोछेलाई मण्डला अर्पण गरिएको थियो । कार्यक्रममा परम पावन विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछेको मुखार विन्द्वबाट त्रियानको विषयमा धर्म प्रवचन भएको थियो । धर्मप्रवचन कार्यक्रममा परम पावन विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछेज्यूले श्री दीगु ख्यः गुठीका प्रतिनीधिहरुले माहायान बुद्धधर्मका विषयमा सोधिएका जिज्ञासाहरुलाई प्रष्टाउनुभएको थियो ।