परम पावन ४१औं साक्या ठ्रीछेन रिन्पोछज्युकोे बाहुलीज्यूले आर्यअवलोकितेश्वर, आर्यमहामञ्जुश्री, आर्यबज्रपाणीे त्रिकुलनाथ अभिषेक प्रदान

img

परम पावन ४१औं साक्या ठ्रीछेन रिन्पोछज्युकोे बाहुलीज्यूले आर्यअवलोकितेश्वर, आर्यमहामञ्जुश्री, आर्यबज्रपाणीे त्रिकुलनाथ अभिषेक प्रदान गर्नुभएको छ । मुस्ताङ समाज सेवाको आयोजनामा विहिवार स्वयम्भू स्थित मुस्ताङ समाज गुम्बामा त्रिकुलनाथकको अभिषेक प्रदान गर्नुभएको हो । काठमाडौं बौद्ध स्थित इन्टरनेष्नल बुद्धिष्ट एकेडीबाट विहिबार मुस्ताङ समाज गुम्बामा आर्यअवलोकितेश्वर, आर्यमहामञ्जुश्री, आर्यबज्रपाणीे त्रिकुलनाथको अभिषेक प्रदान गर्न परम पावन रिन्पोछे सवारी हुनुभएको थियो । गुम्बामा रिन्पोछेलाई मुस्ताङ समाज गुम्बाका आवासीय लामा गुरुहरु, आनीहरु तथा उपासक उपासिकाहरुले भव्य स्वागत गरेका थिए हजारौ उपासक उपासिका तथा विभिन्न गुम्बाबाट पाल्नु भएको लामा गुरुहरुलाई प्रदान गरिएको आर्यअवलोकितेश्वर, आर्यमहामञ्जुश्री, आर्यबज्रपाणीे त्रिकुलनाथको अभिषेक हिमाली  महायान बज्रयान बौद्ध परम्पराको अमुल्य अभिषेकहरु मध्ये एक हो । यो अभिषेक प्राप्त भए पश्चात अभ्यास तथा साधना गर्ने साधकहरुले यो लोक तथा जगतको हितार्थ बुद्धता प्राप्तिको मार्ग खुलेर जाने विश्वास गरिन्छ । हिमाली बज्रयान तथा महायान बौद्ध परम्पराका अति उच्चतम गुरुहरु मध्ये एक गुरु परम पावन ४१औं साक्या ठ्रीछेन रिन्पोछेज्यू भगावन बुद्धको जन्म भूमि नेपालमा पाल्नु भई रिन्पोछेको बाहुलीबाट यस्ता खाले अभिषेकहरु प्राप्त गर्न पाउनु ठुलो सौभाग्य रहेको खेन्पो कमल भण्डारीले जानकारी दिनु भयो । आर्यअवलोकितेश्वर, आर्यमहामञ्जुश्री, आर्यबज्रपाणीे त्रिकुलनाथको अभिषेक प्रदान कार्यक्रम समापन भए पश्चात समपन्न भएको हो । त्रिकुलनाथको अभिषेक कार्यक्रम सफलता पुर्वक सम्पन्न गराउनमा सहयोग गर्नु हुने मुस्ताङ समाज गुम्बाका व्यावस्थापन समिति सदस्य तथा प्रत्यक्ष रुपमा सहयोग गर्नुहुने व्यतित्वहरुलाई परमपावन रिन्पोछेको बाहुलीबाट सम्मान तथा कदर पत्र पनि प्रदान गरिएको थियो 
। परमपावन४१ औं साक्या ठ्रीछेन रिन्पोछे करिव २५ दिन नेपाल रहनु हुने छ । परम पावन रिन्पोछेको नेपाल बसाइ अवधिभर विविध धार्मिक कार्यक्रम अन्तरगत विहिबार स्वयम्भू स्थित मुस्ताङ समाज गुम्बामा त्रिकुलनाथको अभिषेक प्रदान गरिएको हो ।  भने परम पावन रिन्पोछेको पुर्व निर्धारित धार्मिक कार्यतालिका अनुसार आविश्न २० गते शनिबार बौद्ध स्थित थार्लाम गुम्बाका आयु अभिषेक छेवाङ्ग प्रदान गर्नु हुनेछ । त्यसै गरि असोज २७ गते तदनुसार अक्टोवर १४ तारिख शनिवारका दिन  परमपावन ४१ औं साक्याठ्रीछेन रिन्पोछेज्यबाट महाकरुणामय अवलोकितेश्वर महाभिषेक (वाङ्छेन) प्रदान कार्यक्रममा रहेको छ । यो अति दुर्लभ कार्यक्रममा सहभागी भई पुण्य संभार गर्नुहुन आयोजक समितिले आह्वान गरेको छ । नेपालको एक मात्र बौद्ध टेलिभिजन बोधि टेलिभिजनले यी दुवै कायक्रमको प्रत्यक्ष प्रसारण गर्ने छ । भौतिक रुपमा सहभागी हुन नसक्नै श्रद्धालुहरुले बोधि टेलिभिजनको प्रत्यक्ष प्रसारण मार्फत अभिषेक प्राप्त गरी पुण्य लाभ गर्न सक्नुहुने  छ ।