२९ औं नेपाल मण्डलव्यापी वौद्ध वक्तृत्वकला कार्यक्रम सम्पन्न

img

बाेधि समाचार, २८ श्रावण, काठमाडाैं
जगत सुन्दर व्वनेकुथि परियत्ति केन्द्रको आयोजनामा २९ औँ नेपाल मण्डलव्यापी वौद्ध वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । जगत सुन्दर व्वनेकुथि परियत्ति केन्द्र परिसरमा आयोजित कार्यक्रममा बुद्ध बिहार प्रमुख श्रद्धेय कोण्डन्य महास्थविरको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सुरुवातमा कुमारी नृत्य प्रस्तुत गरिएको थियो । कुमारी नृत्य पश्चात उपस्थीत अतिथिहरुलाई खादा ओढाएर सम्मान गरिएको थियोे । कार्यक्रममा  श्रद्धेय कोण्डन्य महास्थविर बाट शिल प्रदान बुद्ध पूजा भएको थियो भने उक्त कार्यक्रममा लोक कवि राजभाई जकमीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि श्रद्धेय कोण्डन्य महास्थविरबाट दिप प्रज्वलन गरि कार्यक्रमको समुद्धघाटन गरिएको थियो । वक्तृत्वकला कार्यक्रममा सहभागी विद्यार्थीहरुले स्वच्छ समाजका लागी बुद्ध शिक्षा, बौद्ध जगतमा जेष्ठ पुर्णिमाको महत्व लगायत अन्य शिर्षकमा आफ्नो विचारधारा राखेका थिए । 
कार्यक्रममा जगत सुन्दर व्वनेकुथि परियत्ति केन्द्रको पूर्व प्रधानाध्यापक पमाया मानन्धर, संस्कृतवीद डा. चुन्दा बज्राचार्य, प्रमुख अतिथि श्रद्धेय कोण्डन्य महास्थवीर, काठमाडौ महानगरपालिकाका पूर्व मेयर विद्या सुन्दर शाक्य, युवा वौद्ध संघका अध्यक्ष मदन बहादुर तुलाधर, बिद्यार्थी, बिभिन्न बौद्ध संघ सस्थाका पदाधिकारी लगायत श्रद्धावान उपासक उपासिकाहरुको उपस्थिती रहेको थियो ।