लुम्बिनीमा भारतीय बौद्ध विहार निर्माण कार्य सुरु, नेपाल र भारत बीच सुमधुर सम्बन्ध हुने विश्वास

img

भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा भारतीय बौद्ध विहार निर्माण कार्य  सुरु भएको छ । भारत सरकार मातहतको अन्तर्राष्ट्रिय बुद्धिष्ट परिसंघको लगानीमा भारतीय बौद्ध संस्कृति र सम्पदा केन्द्रको निर्माण सुरु भएको हो । लुम्बिनीमा तीन दर्जन बढी मुलुकले आ–आफ्नो देशको बौद्ध संस्कृति झल्कने कलात्मक बौद्ध बिहार निर्माण गरे पनि भारतले अहिलेसम्म बनाएको थिएन । 
सन् २०२२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा मोदी र तत्कालीन नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेको बिहार डेढ वर्षपछि निर्माण सुरु भएको हो । लुम्बिनीमा निर्माण सुरु भएकोे उक्त अन्तर्राष्ट्रिय बौद्ध सांस्कृतिक तथा सम्पदा केन्द्रको गत आइतबार भूमिपूजा गरी निर्माण सुरु गरिएको हो । फुल्न लागेको कमलको फुलको शैलीमा निर्माण गरिने केन्द्रको नेपाल र भारतका तीन जना प्रतिष्ठित श्रद्धेय भिक्षु, लामागुरुले एकैचोटि साबेलले खनेर निर्माण सुरुवात् गर्नुभएको थियो ।  उक्त अवसरमा भियतनाम, चीन, जापान, कोरिया, थेरबाद र नालन्दा परम्पराअनुसार मंगल पाठ गरिएको थियो । निर्माणका कम्पनीका प्रतिनिधि प्रकाशकुमार श्रेष्ठले समयमै निर्माण सकेर हस्तान्तरण गरिने बताउनु भयो । लुम्बिनीमा विभिन्न मुलुकका साढे तीन दर्जन बौद्ध बिहार छन् । तर, भारतले भने बल्ल पहिलो बिहार बनाउन लागेको हो । उक्त केन्द्र जिरो नेट प्रविधिमा वातावरण मैत्री हुनेछ । केन्द्रमा सभाहल, ध्यान केन्द्र, पुस्तकालय र आर्ट ग्यालेरी लगायतका हुने बताइएको छ । सो कार्यक्रममा  लुम्बिनी विकास कोषका निवर्तमान उपाध्यक्ष अवधेशकुमार त्रिपाठी श्रद्धेय भिक्षु मैत्तयले लामो समय लुम्बिनी भारतको उपस्थिति नभएको तर अब भने बौद्ध बिहारले जोडेको बताउनुभयो । उहाँले लुम्बिनीमा भारतको उपस्थिति हुनु निकै राम्रो भएको बताउँनुभयो । अन्तर्राष्ट्रिय स्तरको विहार निर्माणले आध्यात्मिक र धार्मिक गतिविधिसँगै पर्यटन प्रवद्र्धन हुने उहाँले बताउनुभयो । यसैगरी भूमिपुजन कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष एवं कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणपछि भारतका पर्यटकको संख्यामा बृद्धि भएको जनाउनुभएको थियो । उहाँले अब बिहार निर्माण पछि भारतीय पर्यटक थप बढ्ने विश्वास गर्नूभएको थियो । अन्तर्राष्ट्रिय स्तरको भारतीय विहारको निर्माण प्रारम्भ हुनु सुखद् पक्ष भएको बताउनुभयो । यसैगरी उहाँले यसले बुद्ध जन्मस्थलको गरिमालाई थप उचाईमा पुर्याउने बताउनुभयो । 
नेपाल र भारबीचको सम्बन्ध दुई छिमेकी देशका रुपमा मात्र सिमित नभई भगवान गौतमबुद्धका कारण हजारौं बर्षअघिदेखि नै साँस्कृतिक रुपमा जोडिएको छ । बुद्धजन्मस्थल लुम्बिनीमा अनिवार्य भारतको उपस्थिती रहेको बताउँदै अबको १८ महिनापछि कमल फूलको आकृतिको विहार सम्पन्न भए पश्चात  बौद्ध गतिविधि चलायमान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । यसैगरी अन्तर्राष्ट्रिय बुद्धिष्ट परिसंघका महासचिव डा. श्रद्धेय भिक्षु धम्मपियाले लुम्बिनीमा बौद्ध संस्कृति र सम्पदाको प्रवद्र्धनका लागि आधुनिक केन्द्र बनाउन शुरु भएको दिन निकै महत्वपूर्ण रहेको जनाउनुभयो । उहाँले भगवान बुद्धको लुम्बिनीमा जन्म भए पनि बुद्धले ध्यान गरि ज्ञान प्राप्त गरेको बोधगया, पहिलोपटक धर्मदेशना गर्नुभएको  सारनाथ, महापरिनिर्वाणा गरेको कुशिनगर भारतमा रहेकाले यी दुई देशबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्नुभयो  । 
जिरो नेट प्रविधिमा कमलको फूल आकारमा डिजाइन गरिएको विहार १ अर्ब भारतीय (नेपाली १ अर्ब ६० करोड) रुपैयाँ लागतमा निर्माण हुन लागेको छ । उहाँले जिरो नेट प्रविधि अर्थात् बाहिरी विजुली नै आवश्यक नपर्ने गरि आधुनिक विहार भवन निर्माण हुने जनाउनु भयो । सो बिहारको एसीसी इन्डिया र गोर्खा विल्डर्स जेवी, नेपालले संयुक्त रुपमा बिहार निर्माणको ठेक्का लिएका छन् । आगामी १८ महिनाभित्र आधुनिक खालको विहार निर्माण पूरा गर्ने गरि सम्झौता गरिएको छ । भूमि पुजा कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख, कोषका सदस्य सचिव सानुराजा शाक्य, कोषका बोर्ड सदस्यहरु, विभिन्न देशका श्रद्धेय भन्ते, गुरुमां , उपासक, उपासिका लगायतको उपस्थिती थियो । सो  विहार निर्माणले आध्यात्मिक गतिविधिलाई बढावा दिने विश्वास गरिएको छ । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल  लुम्बिनीमा पर्यटक भि¥र्याउन यस्ता बिहारले सहयोग पुग्नेछ ।