भगवान बुद्धको अद्वितीय गुण

भिक्षु अश्वघोष महास्थाविर

धर्म देशना, राम्रा कथाहरु, उपदेशहरु सुन्नुपर्छ । त्यसले धेरै राम्रो कुराहरु जानिन्छ । मन आनन्द हुन्छ । मनमा नराम्रो कल्पना आउन पाउदैन । बुद्धले भानु भएको छ – सब्ब पापस्स अकारणं, कुसलस्स उपसम्पदा । सचित परियोदपनं, एतं बुद्धान सासनं || अर्थ- “पापकर्म नाश गर्नु, पुण्य कर्म गर्नु र चित्त परिशुद्दा गर्नु यहि बुद्धका उपदेश हुन् । “विहार जानु उपदेश सुन्नु भनेको न यी यस्तै कुराहरु जान्नका लागि, बुझ्नका लागि हो |हाम्रो जीवन अमुल्य छ, दुर्लभ छ । त्यस्तो जीवनलाई राम्रो काम गरी सफल पार्नु पर्ने उहाँको उपदेश हो । यसलाई हामी सबैले साकार बनाउनु पर्छ । पाप नगर्ने, पुण्य गर्ने, चित्त शुद्ध गर्ने कुरामा पनि मुख्यतः चित्त शुद्ध गर्नु पर्छ । हामीले दान गर्ने आफुले दान गर्छु भनेर राखेको अरुले दान दिएमा रिसाउने, अरुलाई पन्छाएर आफु अगाडी बस्न खोज्न आदि बानीले मानिसको चित्त शुद्ध हुदैन र त्यो कार्यबाट पुण्य प्राप्त हुदैन । अरुले दान दिएर पनि सन्तोष हुनुपर्छ । आफुले सक्दो दान दिने, सहयोग गर्न सधै खुशी हुने, सुखी हुने ।

 

बुद्धमा अद्धितीय गुण छ भन्ने कुरा सबैलाई थाहा छ । बुद्धप्रति श्रद्धा भएकाहरुले बुद्ध कस्तो छ भन्ने कुरा बुझ्नुपर्छ । बुद्धलाई मानिसहरुले फरक फरक तरिकाबाट मानेको हुन्छ । तर धर्मको मुख्य उदेश्य बुद्धलाई पुञ्ज गर्ने होइन । बुद्ध देवता होइन बुद्धले कुनै वरदान पनि दिनुहुन्न । बुद्धको सिद्धान्तलाई हामीले पालन गर्नु पर्छ । यहि नै पुजा हो।| यो कुरा हामीले बुझ्नुपर्छ ।
बुद्धधर्मको बारेमा थाहा पाएर नै आफु पनि बुद्धशासनमा प्रव्रजित भएको थिएँ । यही धर्मलाई जानेर एकजना अमेरिकन क्रिश्चियन धर्मबाट बुद्ध धर्ममा लागेको थियो ।
विभन्न धर्ममा लागेकाहरुले आफ्नो धर्म ठुलो भन्ने गर्दछन् । तर भगवान बुद्धले आफ्नो धर्म ठुलो कहिल्यै भन्नुभएन । बुद्धले जान, बुझ, विचार गर, आफ्नो धर्म र परम्परा अनुसार मिल्यो भन्दामा विश्वास नगर, स्वयं बुद्धले भनेको हो भन्दैमा पनि विश्वास नगर । मानिसले स्वतन्त्र चिन्तन गर्नु पर्छ । सुनलाई कालो कसीमा जाँचे जस्तै धर्मलाई पनि विभन्न तरिकाबाट जच्नु पर्छ । मानिसमा राम्रो- नराम्रो छुट्याउन सक्ने गुण छ, त्यसैले परिक्षण गरेर राम्रो भएमा मात्र विश्वास गर्नु पर्छ । यो बुद्धको उपदेश हो ।
एक जना विदेशीले या बुद्धधर्ममा पानी, फूल , आगो राखेर के पुञ्ज गरेका भनी सध्दा, यो पनि भनेको शुद्ध हो र यहि पवित्र पानीमा धागो बेरेर सबले समाती शुद्ध मनले राम्रो कामना गरौँ परित्रण गरेमा अवश्य पुरा हुन्छ र यसले मानिसको रोग निको भएको कुरा पत्रिकामा समेत सार्वजनिक भएको छ ।
बुद्ध सर्वज्ञ हुनुहुन्छ भन्ने कुरा अध्ययन गरी थाहा पाउनु पर्छ । बुद्धको उपदेश सुनु ज्ञानी हुनुपर्छ । एकजना मानिस ४० वर्षसम्म विहारमा गई बुद्धको उपदेश सुनी निर्वाण प्राप्त गर्न मन लागेछ र उसले सोधेछ, निर्वाण प्राप्त भइसकेपछि कहाँ जन्म हुन्छ ? जवाफ पाउँछ, निर्वाण पछि फेरी जन्म लिनु पर्दैन, कहिँ पनि जन्म हुदैन । यो कुरा सुनेर उसलाई निर्वाण प्राप्त गर्न मन लागेन । उसलाई त फेरी फेरी जन्म लिएर सुख भोग्ने, मोजमज्जा गर्ने इच्छा थियो । उसले निर्वाण भनेको के हो भनेरै बुझेन ।
बास्तवमा हामी विहारमा गएर मात्र पुग्दैन । विहार गएझै चित्त शुद्ध हुनुपर्छ, बुझ्नुपर्छ, मनभित्रको राग, दोष, मोहलाई हटाउनु पर्छ र व्याबहारिक बन्नुपर्छ ।
बन्धुल मल्लिकको कथा-
बुद्धको समयमा एक जना बन्धुल मालिका भन्ने मानिस मामा घरमा बस्थे | उ ठुल्ठुला अध्ययन गर्ने ठाउँमा धनुष चलाउने सिपालु भए । उसका गुरुले उसकाे परिक्षा गर्न बाँसलाई चिर्न लगाए | तरवारबाट बाँसलाई चिरियो तर ठुलो आवाज आयो | यो कसरी ठुलो आवाज आयो भन्दा भित्र फलामको डण्डी लुकाइएको रहेछ | मलाई पहिल्यै भनेको भए आवाज नआउने गरी काटिदिन्थें भनी उ रिसाई त्यहाँ नबसी केशल देशमा गयो | त्यहाँ उसलाई केशला राजाले सेनापति बनाए |
त्यहीँ बन्धुमल्लिकको विवाह मल्लिका देवी भन्ने केटीसंग भयो | विवाह भएको धेरै समय सम्म पनि बच्चा भएन | बच्चा नभएको कारण उसले स्वास्नीलाई माइती पठाईदियो | माइती जाँदै गरेको स्वास्नी चाही बुद्ध कहाँ पुग्यो | बुद्धले तिनलाई कहाँ जान लागेको भनि सोध्नु हुँदा तिनले बच्चा नभएको कारण श्रीमानले माइती पठाएको कुरा भनिन् | त्यसपछि भगवान बुद्धले तिनलाई माइती जान नपर्ने, श्रीमानकै घरमा फर्कनलाई भन्नु भयो | तिनले पनि घर फर्केर श्रीमानलाई बुद्धसंग भएको कुरा सबै भनिन् | बन्धुमल्लिकले बुद्ध सर्वज्ञ हुनुहुन्छ । केही नभएर नै तिनलाई घर फर्काएका होलान् भनि दुवै संगै बस्न थाले |

साच्चै, पछि बच्चा पनि भए | दुई दुई जना गरी ८ चोटी जुम्ल्याह छोराहरु जन्मिए । ती सबै बच्चाहरु बहादुर पनि भए । यो पनि बुद्धको सर्वज्ञताकै एक उदाहरण हो ।
अनाथपिण्डिकको कथा
अनाथपिण्डिक महाजन बाल्यकालमा तक्षशिला पढ्न जादा उनका एकजना साथी भए । तक्षशिला अहिले पाकिस्तानमा पर्दछ । उनीहरु दुई जना एकदम मिल्ने साथी थिए । उनीहरुले आफ्ना छोराछोरी ठुलो भएपछि विवाह गरिदिने निधो गरेका थिए । ठुलो भएपछि दुवै आ-आफ्नै नगरमा स्थापित भए । एक समयमा अनाथ पिण्डीक साथी व्यापार गर्ने सन्दर्भमा श्रावस्ती आइपुग्यो । उसले पहिला कबुल गरे अनुसार आफ्नो छोराको लागि अनाथपिण्डिक ण्संग उनको छोरी शुभद्रा लाई माग्यो । यो सुनेर अनाथ पिण्डिक अकमकियो किनकि साथी अबैद्ध रहेछ । आफ्नी छोरी भने बुद्धको शरणमा गएकी उपासिका, म कसरी छोरीलाई विवाह गरिदिने भन्ने मनमा विचार आउन थाल्यो । उनले साथीलाई पछि जवाफ दिन्छु भने ।
उनि भगवान बुद्धकहाँ गएर यो विषयमा छलफल गर्नु पुगे । भगवान बुद्ध सर्वज्ञ हुनुहुन्थ्यो । उहाँ ले तुरुन्तै छोरीलाई दिएर पठाए पनि हुन्छ, तिनी असल छिन्, तिनले सबैलाई राम्रो कुरा सिकाउने छिन् भन्नुभयो । उनले आफ्नो छोरीलाई साथीकै घरमा विवाह गरिदिए ।
अनाथपिण्डिक महाजन बाल्यकालमा तक्षशिला पढ्न जादा उनका एकजना साथी भए । तक्षशिला अहिले पाकिस्तानमा पर्दछ । उनीहरु दुई जना एकदम मिल्ने साथी थिए । उनीहरुले आफ्ना छोराछोरी ठुलो भएपछि विवाह गरिदिने निधो गरेका थिए । ठुलो भएपछि दुवै आ-आफ्नै नगरमा स्थापित भए । एक समयमा अनाथ पिण्डीक साथी व्यापार गर्ने सन्दर्भमा श्रावस्ती आइपुग्यो । उसले पहिला कबुल गरे अनुसार आफ्नो छोराको लागि अनाथपिण्डिक ण्संग उनको छोरी शुभद्रा लाई माग्यो । यो सुनेर अनाथ पिण्डिक अकमकियो किनकि साथी अबैद्ध रहेछ । आफ्नी छोरी भने बुद्धको शरणमा गएकी उपासिका, म कसरी छोरीलाई विवाह गरिदिने भन्ने मनमा विचार आउन थाल्यो । उनले साथीलाई पछि जवाफ दिन्छु भने ।
उनि भगवान बुद्धकहाँ गएर यो विषयमा छलफल गर्नु पुगे । भगवान बुद्ध सर्वज्ञ हुनुहुन्थ्यो । उहाँ ले तुरुन्तै छोरीलाई दिएर पठाए पनि हुन्छ, तिनी असल छिन्, तिनले सबैलाई राम्रो कुरा सिकाउने छिन भन्नुभयो । उनले आफ्नो छोरीलाई साथीकै घरमा विवाह गरिदिए ।
विवाह पछि शुभद्राले परिवारलाई धेरै खुसि तुल्याए । समयमै उठ्ने, परिवारका सबै सदस्यहरुलाई मान्ने, सबै काम समयमै गर्ने, बोलिवचन पनि अत्यन्त राम्री । सबैलाई प्रभाव पारिन् । सबैले यस्तो शीलवान्, गुणी भएको कारण तिनीलाई सोध्न थाले । तिनले बुद्धको बारेमा भनिन् । सबैलाई बुद्ध भेट्ने इच्छा भयो । तिनले बुद्धलाई बोलाउन सक्ने कुरा भनिन । त्यति टाढा ठाउँबाट बुद्धलाई कसरी बोलाउने ? तिनले हातमा फूल लिईन र शुद्ध मनले भगवान् बुद्धलाई निमन्त्रणा गरी माथि फालिन जुन भगवान् बुद्धकहाँ पुग्यो । भगवान बुद्धले सबै कुरा जान्नु भएर शुभद्राको घरमा जानुभयो । भोजन पनि स्वीकार गर्नु भयो । धर्मदेशना गरेर सबैलाई बोध पनि गर्नु भयो । सबै बुद्ध, धर्म र संघ शरण मा जाने भए ।
बुद्ध सर्वज्ञ हुनुहुन्छ भन्ने कुरा बौद्ध साहित्यमा धेरै कुरा हरु, धेरै घटना रहेका छन् | यो हामीले अध्यान गर्नु पर्ने विषय हो ।
पुनश्च, उपदेश सुन्नु राम्रो हो, सुन्नुपर्छ । यसको अशुद्ध मनलाई शुद्ध बनाउछ । अशान्त मनलाई शान्त बनाउछ । उपदेश सुनेर जान्ने बुझ्ने र त्यस्लाई शान्त व्यबहारमा पालन गरी ज्ञानी हुनुपर्छ मनको क्लेश हटाउनु पर्छ ।
सबैको कल्याण होस् । भवतु सब्ब मंगलम ।

2 weeks ago/Saturday, February 10th, 2018/