काठमाडौं,
बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर ६० औँ हप्तामा प्रवेश गरेको छ। हरेक सातामा दुई पटक सञ्चालन हुँदै आइरहेको शिविर मङ्गलबार ६० औँ हप्तामा प्रवेश गरेको हो। अन्तर्राष्ट्रिय परोपकारी संस्था बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनद्वारा सञ्चालित यस शिविरमार्फत हजारौँ बिरामीहरू लाभान्वित भइसकेका छन् भने यसले स्थानीय जनजीवनमा सकारात्मक प्रभाव पार्दै आइरहेको छ।
निःशुल्क स्वास्थ्य शिविर केवल चिकित्सा सेवा मात्र नभई सामाजिक परोपकार र सबैका लागि समान स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्ने फाउण्डेशनको प्रयास पनि हो। शिविरमा सहभागीहरूले प्राथमिक उपचार, रक्तचाप जाँच, रगतमा चिनी (सुगर) परीक्षण, आँखाको जाँच, बालरोग, स्त्रीरोग, छाला रोग, हाडजोर्नी उपचार, प्लास्टिक सर्जरी तथा निःशुल्क स्वास्थ्य जाँच र परामर्श सेवाहरू प्राप्त गरिरहेका छन्। शिविरमा फाउण्डेशनका स्वयंसेवकहरूले बिरामी व्यवस्थापन, औषधि वितरण तथा चिकित्सकहरूसँग सहकार्य गर्दै प्रशंसनीय योगदान दिइरहेका छन्। शिविरमा सहभागी स्वयंसेवकहरूको अनुशासन, संवेदनशीलता र सेवाभावका कारण शिविरप्रति जनविश्वास अझ मजबुत बन्दै गएको छ।
निःशुल्क स्वास्थ्य शिविरले बिरामी उपचारसँगै शिक्षा तथा सचेतना अभियानमार्फत दीर्घकालीन रोग नियन्त्रणमा सहयोग पुर्याउने विश्वास गरिएको छ। बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनको यो पहल भगवान बुद्धका शिक्षाहरू र फाउण्डेशनकी संस्थापक श्रद्धेय चङ्येन गुरुआमाको सदिक्षा अनुरूप सामाजिक न्याय र करुणाका आधारमा जन–जनसम्म शिक्षा सहितको स्वास्थ्य सेवा पुर्याउँदै आइरहेको छ।