निःशुल्क स्वास्थ्य सेवा तथा नैतिक शिक्षालाई एकैसाथ जोड्दै समुदायमा सकारात्मक प्रभाव पुर्‍याउँदै

img

काठमाडौं,
बुद्धिष्ट चु जी च्यारिटी फाउन्डेसनले निःशुल्क स्वास्थ्य सेवा तथा नैतिक शिक्षालाई एकैसाथ जोड्दै समुदायमा सकारात्मक प्रभाव पुर्‍याउँदै आइरहेको छ। 
अन्तर्राष्ट्रिय परोपकारी संस्था बुद्धिष्ट चु जी च्यारिटी फाउन्डेसनका संस्थापक श्रद्धेय चङ्येन गुरुआमाको “बुद्ध भूमि नेपाललाई केही फिर्ता दिनुपर्छ” भन्ने सदिच्छाअनुसार फाउन्डेसनले बुद्ध भूमि नेपालमा आफ्ना चार लक्ष्य विस्तार गर्दै आइरहेको छ। ती चार लक्ष्यहरू शिक्षा, स्वास्थ्य, परोपकार र संस्कृति रहेका छन्। सोही लक्ष्यअन्तर्गत फाउन्डेसनले शिक्षा र स्वास्थ्यलाई एकैसाथ अगाडि बढाउँदै आइरहेको छ। करिब आठ महिनादेखि सञ्चालन हुँदै आइरहेको निःशुल्क स्वास्थ्य शिविर ५१औँ हप्तामा आइपुगेको छ। उक्त शिविरबाट हालसम्म हजारौँभन्दा बढी व्यक्तिहरूले स्वास्थ्य जाँच गराइसकेका छन्। शिविरमा फाउन्डेसनका स्वयंसेवकहरूले चिकित्सा सहकार्यसँगै बिरामीहरूको व्यवस्थापनमा विशेष सहयोग पुर्‍याउँदै आइरहेका छन्। फाउन्डेसनले आफ्ना स्वयंसेवकहरूलाई भगवान बुद्धका शिक्षा, श्रद्धेय चङ्येन गुरुआमाले सिकाउनुभएको शील, सदाचार, परोपकारी भावना तथा फाउन्डेसनका नियम र उद्देश्यबारे पूर्ण रूपमा अवगत गराउँदै आइरहेको छ।
चु जी निःशुल्क स्वास्थ्य शिविरमा युवाहरूको उल्लेखनीय सहभागिता बढ्दै गएको छ। फलस्वरूप परोपकारी भावनाले आफू र अरूप्रति जिम्मेवार, दयालु तथा संयमी बन्न प्रेरित गरेको युवास्वयंसेवकहरूको भनाइ रहेको छ। फाउन्डेसनले विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य जाँच तथा उपचार मात्र नभई फाउन्डेसनका नियम र उद्देश्यबारे पनि सहभागीहरूलाई जानकारी दिँदै आइरहेको छ।