निःशुल्क स्वास्थ्य शिविर जारी

img

काठमाडौं,
काठमाडौं बबरमहल स्थित बुद्धिष्ट च्यारीटी फाउन्डेशनको कार्यालयमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर जारी छ। हरेक हप्ताको मंगलवार र शुक्रवार सञ्चालन हुँदै आइरहेको शिविर मंसिर महिनाको तेस्रो साताको शुक्रवार ४७‍औँ हप्तामा पुगेको छ। शिविर ४७‍औँ हप्तासम्म आइपुग्दा तीन हजारभन्दा बढी बिरामीहरू लाभान्वित भइसकेका छन्, जसमा ज्येष्ठ नागरिक धेरै रहेको फाउन्डेशनले जनाएको छ। आर्थिक र स्वास्थ्य सेवाको अभावमा बाँचेका समुदायसम्म शिक्षासहितको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालित शिविरले जन–जनसम्म करुणाका आधारमा शिक्षासहितको स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ। बुद्धभूमि नेपालमा फाउन्डेशनका संस्थापक श्रद्धेय चङ्येन गुरुआमाको सदिक्षा अनुरूप फाउन्डेशनले बुद्धभूमि नेपालमा शिक्षा, स्वास्थ्य, परोपकार र संस्कृतिलाई मध्यनजर गरी यी क्षेत्रसँग सम्बन्धित कार्यहरू गर्दै आइरहेको छ। जसअन्तर्गत फाउन्डेशनले सामाजिक परोपकारी कार्यअन्तर्गत शिक्षासहितको निःशुल्क स्वास्थ्य सेवा साथै मैत्री, करुणा र सद्भाव पनि प्रवाह गर्दै आएको छ।