करूणा शर्मा, काठमाडाैं
बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनद्वारा संचालित निःशुल्क स्वास्थ्य शिविर ४२ औँ हप्तामा प्रवेश गरेको छ। हरेक साताको दुई पटक सञ्चालन हुँदै आएको शिविर मंगलवार ४२ औँ हप्तामा प्रवेश गरेको हो। अन्तर्राष्ट्रिय परोपकारी संस्था बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनद्वारा संचालित शिविरको माध्यमबाट हजारौँ बिरामीहरू लाभान्वित भइसकेका छन् भने स्थानीय जनजीवनमा सकारात्मक प्रभाव पर्दै आएको छ। निःशुल्क स्वास्थ्य शिविर चिकित्सासेवामात्रै नभई सामाजिक परोपकारी र सबैमा समान सेवापहुँच सुनिश्चित गर्ने फाउण्डेशनको प्रयास पनि रहेको छ। शिविरमा सहभागीहरूले प्राथमिक उपचार, रक्तचाप, रगतमा सुगरको परीक्षण, आँखाको जाँच, बालरोग, स्त्रीरोग, छाला रोग, हाडजोर्नी, प्लास्टिक सर्जरी, निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्शसहितका सेवाहरू प्राप्त गरिरहेका छन्। शिविरमा फाउण्डेशनका स्वयंसेवकहरूले बिरामी व्यवस्थापन, औषधि वितरण र चिकित्सक सहकार्यमा सराहनीय योगदान दिइरहेका छन्। शिविरमा सहभागी स्वयंसेवकहरूको अनुशासन, संवेदनशीलता र सेवाभावले शिविर अझ विश्वसनीय बन्दै गएको छ।
निःशुल्क स्वास्थ्य शिविर केवल चिकित्सासेवा मात्र नभई सामाजिक परोपकारी र सबैमा समान सेवापहुँच सुनिश्चित गर्ने प्रयास पनि हो। जसको माध्यमबाट बिरामीको उपचारसँगै शिक्षा सहितको सचेतना अभियानमार्फत दीर्घकालीन रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ। बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनको निःशुल्क स्वास्थ्य शिविरले भगवान बुद्धका शिक्षा र फाउण्डेशनका संस्थापक श्रद्धेय चङ्येन गुरुआमाको सदिक्षाअनुसार सामाजिक न्याय र करुणाका आधारमा जन–जनसम्म शिक्षा सहितको स्वास्थ्य सेवा पु¥याउँदै आएको छ।