काठमाडौं,
नगरमण्डपस्थित श्री किर्ति विहारका आवासीय श्रद्धेया मिना गुरुमांको शुभ जन्मदिनको उपलक्ष्यमा बुद्ध पूजा सहित परित्राण पाठको आयोजना गरिएको छ। शनिबार श्रद्धेया मिना गुरुमांको सु-स्वास्थ्य एवं दीर्घायूको मंगलकामना गर्दै बुद्ध पूजा, धर्मदेशना तथा परित्राण पाठको आयोजना गरिएको हो।
विहारका आवासीय श्रद्धेय भिक्षु तिस्स महास्थविर सहित विभिन्न विहारका श्रद्धेय भिक्षुहरू, श्रद्धेया गुरुमाहरू तथा श्रद्धालुहरूको सहभागिता रहेको उक्त कार्यक्रममा परित्राण पाठको अनुभूति गर्दै श्रद्धेया गुरुमांको निरोगीताको कामना गर्दै सामूहिक परित्राण पाठ गरिएको थियो। कार्यक्रममा उपस्थित श्रद्धालुहरूले खादा र पुष्पगुच्छ अर्पण गरी श्रद्धेया गुरुमांलाई दीर्घायु जीवनको कामना गर्नुभएको थियो। आफ्नो जन्मदिनको अवसरमा श्रद्धेय भिक्षुहरूबाट बुद्ध पूजा सहित परित्राण पाठ गर्न पाउनु भएकोमा श्रद्धेया गुरुमांले उपस्थित सम्पूर्णलाई साधुवाद व्यक्त गर्नुभयो। श्रद्धेया गुरुमांबाट भिक्षु संघलाई अष्टपरिस्कार दान गरिएको उक्त कार्यक्रममा अन्त्यमा सर्व सत्व पुण्य हेतुक पुण्यानुमोदन सहित दान प्रदान गरी कार्यक्रम समापन गरिएको थियो।
बोधि टेलिभिजन परिवारले आफ्नो सम्पूर्ण जीवन बौद्ध सासनिक क्षेत्रमै समर्पण गर्दै आइरहनुभएकी श्रद्धेया मिना गुरुमांको जन्मदिनको उपलक्ष्यमा उहाँको सु-स्वास्थ्य एवं दीर्घायूको हार्दिक मंगलकामना गर्दछ।