पद्म वर्ण महायान विहारमा आर्य तारा पूजा सम्पन्न

img

काठमाडौं,
ललितपुरको ज्याठाबहालस्थित पद्म वर्ण महायान विहारमा हरेक महिनाको १ गते नियमित रूपमा हुँदै आएको आर्य तारा पूजा आश्विन महिनाको एक गते सम्पन्न भएको छ। पाटनको ज्याठाबहालमा अवस्थित महाविहारमा महिनाको पहिलो दिन आर्य तारा पूजा हुने परम्परा अनुसार, यसपटकको पूजा महाविहारका अध्यक्ष श्रद्धेय लामा गुण सागरको उपस्थितिमा सम्पन्न भएको हो। महिनामा एकपटक मात्र आर्य तारा पूजा गरे पनि, जीवनमा आउने जस्तोसुकै अप्ठ्यारो परिस्थिति, बाधा अड्चनहरू सहजै हट्न सक्ने विश्वास गरिन्छ। त्यसैले आर्य तारा पूजालाई विशेष आध्यात्मिक महत्व दिइएको छ।
बिहानको समयमा आयोजित पूजामा आनिहरू, लामाहरू तथा श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आर्य तारा पूजा गर्नाले निरोगी जीवन प्राप्त हुने, मानसिक शान्ति तथा आत्मसन्तुष्टि बढ्ने विश्वास जनाइएको छ। यही कारणले उपासक–उपासिकाहरूको आर्य तारा पूजाप्रति ठूलो आस्था र श्रद्धा रहँदै आएको छ। पूजाको अन्त्यमा च्वेद् (डमरु पूजा) समेत गरिएको थियो।