काठमाडौं,
सिद्धिमंगल बुद्ध विहार र त्रिबोधि विपश्यना ध्यान केन्द्र फर्पिङद्वारा श्रद्धाञ्जली सभाको आयोजना गरिने भएको छ।यही भाद्र २३ र २४ गते जेन्जी आन्दोलनको क्रममा दिवङ्गत हुनु भएका सम्पूर्ण शहीदहरूमा सुगति निर्वाणको कामना गर्दै र घाइतेहरू प्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ललितपुरस्थित सिद्धिमंगल बुद्ध विहारमा श्रद्धाञ्जली सभाको आयोजना गरिने भएको छ। बुधवार बिहान आयोजना हुन लागेको कार्यक्रममा शील प्रार्थना, बुद्ध पूजा, शहीदहरू प्रति सुगति निर्वाणको कामना, परित्राण पाठ, र दीप प्रज्वलन गरिने सिद्धिमंगल बुद्ध विहारले जनाएको छ। यस सभामा मैत्रीपूर्ण सहभागिताका लागि सम्पूर्ण श्रद्धालुहरूमा आह्वान समेत गरिएको छ। जेन्जी आन्दोलनका कारण सत्तरीभन्दा बढी व्यक्तिहरू दिवङ्गत भएका छन् भने सयौँ घाइतेहरू उपचाररत रहेका छन्।