विहार, गुम्बा र चैत्यहरूमा विद्युत्को समस्या अब हल हुने

img

काठमाडौं,
लुम्बिनी विकास कोषको गुरुयोजनाभित्र रहेका विहार, गुम्बा र चैत्यहरूमा विगत लामो समयदेखि हुँदै आइरहेको विद्युत्को समस्या अब हल हुने भएको छ।
लुम्बिनी उद्यानमा विगत लामो समयदेखि हुँदै आइरहेको विद्युत्को समस्या समाधान गर्नका लागि लुम्बिनी बौद्ध धर्म संरक्षण समितिका सल्लाहकार एवम् राजकीय विहारका प्रमुख श्रद्धेय भिक्षु सागर धम्मको नेतृत्वमा लुम्बिनीबाट आएको १२ सदस्यीय टोलीले गत बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई र बिहीबार ऊर्जा मन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई ज्ञापनपत्र बुझाउँदै नियमित आपूर्तिको व्यवस्था गर्न आग्रह गरेको थियो। सो क्रममा ऊर्जा मन्त्री खड्काले सो समस्या एक महिनाभित्र समाधान गर्ने गरी काम अगाडि बढाउन निर्देशन दिएलगत्तै शनिवारदेखि लुम्बिनी उद्यान क्षेत्रमा तार तान्ने कार्य सुरु भएको छ।
सो अवसरमा यी पहलमा महत्वपूर्ण भूमिका खेल्ने सरोकारवाला तथा प्रतिनिधिलाई लुम्बिनी बौद्ध धर्म संरक्षण समितिका सल्लाहकार श्रद्धेय भिक्षु सागर धम्म महास्थविरले साधुवाद व्यक्त गर्नुभएको छ। साथै उहाँले लुम्बिनीमा आउने श्रद्धालुहरू अब कोही पनि अँध्यारोमा बस्न नपर्ने भएको बताउनुभएको छ। रुपन्देही जिल्लाको नेपाल विद्युत् प्राधिकरणका इन्चार्ज सञ्जय मिश्राको नेतृत्वमा शनिवारदेखि लुम्बिनी उद्यान क्षेत्रमा तार तान्ने कार्य सुरु भएको छ।