काठमाडौं,
नेपालको बौद्ध शास्रिक क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका दिवंगत श्रद्धेय भिक्षु महानायक महास्थविरको गुणानुस्मरणमा गुँला बाजा प्रदर्शन, ज्ञानमाला भजन सहित नामसङ्गीति पाठ गरिएको छ। नेवाः बौद्ध समाजमा विशेष धार्मिक महत्व बोकेको गुँला पर्व समापनको दिन आइतवार श्रीघः परिसरमा श्रद्धेय गुरुज्यूहरू सहित श्रद्धालुहरूबाट नामसङ्गीति पाठ सहित श्रीघः ज्ञानमाला भजन खलद्वारा ज्ञानमाला भजन प्रस्तुत गरी दिवंगत श्रद्धेय भिक्षु महानायक महास्थविरको तस्वीरमा दीप प्रज्वलनका साथै पुष्प अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो। यस्तै नेवाः बौद्ध धर्मावलम्बीहरूले विशेष धार्मिक अनुष्ठानहरू मार्फत भगवान बुद्धका गुण स्मरण गरी मनाउने गुँला पर्व समापन भएसँगै पर्वको अवसरमा आयोजित ज्ञानमाला भजन सहित नामसङ्गीति पाठ पनि समापन भएको छ।