पहिलो ब्याचको ट्रेनी भोलिन्टियर ट्रेनिङ समापन।

img

काठमाडौं,
अन्तर्राष्ट्रिय परोपकारी संस्था बुद्धिष्ट चु जी च्यारिटी फाउन्डेसनको पहिलो ब्याचको ट्रेनी भोलिन्टियर ट्रेनिङ समापन भएको छ।
फाउन्डेसनले आजभन्दा करिब आठ महिना अगाडि देखि सञ्चालन गर्दै आइरहेको भोलिन्टियर तालिमलाई नयाँ चरणमा पु-याउँदै शनिवार ‘ट्रेनी भोलिन्टियर ट्रेनिङ’ कार्यक्रमको आयोजना गरेको हो। तालिममा नयाँ र पुराना दुवै स्वयंसेवकहरुलाई लक्षित गरी बुद्ध शिक्षा र बोधिचर्यालाई व्यवहारमा कसरी उतार्ने, आधारभूत बौद्ध शिष्टाचार, पोसाक लगाउने तरिका सहित खाने, बस्ने, हिँड्ने लगायतका कार्यहरु र चु जीको रिजोल्युसन, चु जी शीलकोबारे प्रशिक्षण प्रदान गरिएको थियो। ट्रेनी भोलिन्टियर ट्रेनिङले आगामी दिनहरुमा चु जीको सामाजिक परोपकारी लक्ष्यहरुलाई नयाँ उचाइमा पु-याउने अपेक्षा सहित स्वयंसेवकहरुको योगदान अझ सशक्त र प्रभावकारी हुने विश्वास गरिएको छ।
फाउन्डेसनका संस्थापक श्रद्धेय चङ्येन गुरुआमाको सदिच्छा अनुसार फाउन्डेसनले आयोजना गर्दै आएको शिक्षा, स्वास्थ्य र सामाजिक परोपकारी कार्यहरुमा फाउन्डेसनका स्वयंसेवकहरुले विभिन्न तवरबाट अतुलनीय योगदान पु-याउँदै आइरहनुभएको छ। सो फाउन्डेसन सामाजिक परोपकारी संस्था भएको कारण जोसुकै इच्छुक व्यक्तिहरु सो फाउन्डेसनमा सहजै रुपमा आवद्ध हुन सक्नेछन्।