व्यक्तिगत ध्यान यात्राबारे अनुभव आदानप्रदानको विशेष कार्यक्रमको आयोजना।

img

काठमाडौं,
प्रत्येक शुक्रबार निशुल्क ध्यान सत्र सञ्चालन गर्दै आइरहेको बुद्ध प्रकाश फाउन्डेशनले महिनाको अन्तिम शुक्रबार सहभागीहरूको व्यक्तिगत ध्यान यात्राबारे अनुभव आदानप्रदानको विशेष आयोजना गर्दै आएको छ । यसैक्रममा श्रावण महिनाको अन्तिम शुक्रवार साइली लामाले आफ्नो अनुभव प्रस्तुत गर्नुभएको छ । सो क्रममा उहाँले नियमित ध्यान अभ्यासले आफ्नो दैनिक जीवनमा आइपर्ने समस्या र तनाव कम गर्न मात्र नभएर आफ्नो मनलाई स्थिर राख्न र ठूलो सहयोग पुगेको बताउनुभयो । यस्तै उहाँले ध्यानको माध्यमबाट आफ्नो दैनिक क्रियाकलापहरूलाई तनाव बिना सहज ढंगबाट सम्पादन गर्न सहज भएको बताउनुभयो । भगवान बुद्धले प्रतिपादन गर्नुभएको हरेक किसिमका ध्यान नियमित गर्नाले मानिसलाई कुनै पनि कुरा वा विषय प्रति एकाग्र हुन सहयोग गर्नुका साथै चिन्ता र तनावमुक्त बनाउने भएकाले मानसिक रूपमा स्वस्थ राख्न सहयोग गर्दछ । बुद्ध प्रकाश फाउन्डेशनले आयोजना गर्दै आइरहेको ध्यान सत्र वर्तमान समयमा मानवलाई निरोगी, सुस्वास्थ्य, दीर्घायु, शान्ति र सुखमय जीवनयापन गराउन अत्यन्तै उपयोगी र सहयोगी भईरहेको छ ।