काठमाडौं,
विश्वशान्ति तथा समस्त सत्व प्राणीहरूको हित–सुखको कामना सहित ४२ औं बज्र गुरु जप समापनको अन्तिम चरणमा मनाङ समाज गुम्बामा आयोजित ४२ औं बज्र गुरु जप साधना कार्यक्रम समापनको अन्तिम चरणमा पुगेको छ। परमपुज्य गुरु सेराप ग्याल्सेन रिन्पोछेको समुपस्थिति साथै, गत बिहीवारदेखि सञ्चालनमा आएको उक्त पूजा अब समापनको तयारीमा रहेको आयोजकले जनाएको छ। मनाङ समाज सेवा समितिले विगत एकचालीस वर्षदेखि यो साधना कार्यक्रमको आयोजना गर्दै आएको हो। त्यसै परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि ४२ औं बज्र गुरु जपको आयोजना गरिएको हो। विश्वशान्ति तथा समस्त सत्व प्राणीको हित र कल्याणको कामनासहित आयोजित उक्त कार्यक्रममा रिन्पोछे, लामा गुरु, आनीहरू सहित मनाङ, हुम्ला, जुम्ला, डोल्पा, रसुवा, सिन्धुपाल्चोक लगायतका हिमाली जिल्लाबाट हजारौं श्रद्धालुहरूको उपस्थितिमा बज्र गुरु मन्त्रको सामूहिक जप भैरहेको छ।