४२ औं रिन्पोछेद्धारा बुद्ध मुर्तिको प्राण प्रतिष्ठा ।

img

काठमाडौं,
परम पावन ४२औँ साक्या त्रिचिन रत्न वज्र रिन्पोछेबाट मिण्डोलिङ गुम्बामा बुद्ध मूर्तिको प्राण प्रतिष्ठा ९राब्ने० सम्पन्न काठमाडौं, कुलेश्वरस्थित मिण्डोलिङ गुम्बामा आइतवार श्रद्धेय रिन्पोछेबाट गुम्बामा प्रतिस्थापित करिब दश वटा बुद्ध मूर्तिहरूको प्राण प्रतिष्ठा ९राब्ने० गरिएको हो। सो कार्यक्रममा श्रद्धेय रिन्पोछेले गुम्बामा आउन पाउँदा खुशी लागेको बताउँदै, श्रद्धालुहरूको माझ बज्रकिलायको कागो प्रदान गर्नुभयो। त्यसैगरी, देशना दिने क्रममा उहाँले समस्त प्राणीहरूको कल्याणका लागि भगवान बुद्धले प्रदान गर्नुभएको शिक्षाको अनुशरण गर्दै अघि बढ्न आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले सधैं आफ्नो चित्त सफा राखी, सम्पूर्ण सत्त्व प्राणीहरू प्रतिको सकारात्मक भावना विकास गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो। सो गुम्बामा आजभन्दा करिब दुई–तीन वर्षअघि नै विभिन्न स्थानका श्रद्धालुहरूद्वारा बुद्ध मूर्तिहरू प्रतिस्थापित गरिएको थियो। ती मूर्तिहरूको प्राण प्रतिष्ठा यसपालि श्रद्धेय रिन्पोछेबाट सम्पन्न गरिएको हो। गुम्बामा कार्यक्रम आयोजना गर्नु अघि तामाङ गुठी र मिण्डोलिङ गुम्बा परिवारद्वारा श्रद्धेय रिन्पोछेलाई उच्च श्रद्धा भाव प्रकट गर्दै विशेष स्वागत गरिएको थियो।