विहारहरूमा बुद्ध शासनका फरक फरक विषयमा धर्मदेशना।

img

काठमाडौं,
नेवाः बौद्ध परम्परा र विधि अनुसार मनाइने गुँला पर्वको रौनकता कायमै छ। गुँला पर्वको अवसरमा विहारहरूमा बुद्ध शासनका फरक फरक विषयमा धर्मदेशना भइ रहेको छ। यसैक्रममा श्रीघ स्थित श्रद्धेय धम्मवती गुरुमां प्रमुख रहनु भएको धर्मकीर्ति विहारमा श्रद्धेय पञ्ञावती गुरुमांबाट पेत्तकत्थु अन्तर्गत म्हुतु नवःम्ह प्रेतया बाखँबारे देशना भएको छ। आइतवार गुँलागा पारूको अवसरमा श्रद्धेय गुरुमांको नेतृत्वमा शील प्रदानका साथै बुद्ध भएर पेत्तकत्थु अन्तर्गत ’म्हुतु नवःम्ह प्रेत’ या बाखँबारे देशना भएको हो। यसैगरी गुँला पर्वको अवसरमा श्रीघः स्थित श्रीघ विहारमा श्रद्धेय भिक्षु गौतम स्थविरबाट धर्मदेशना भएको छ। गुँला पर्वको अवसरमा श्रीघ विहार दायक समितिद्वारा आयोजना गरिएको कार्यक्रममा शनिवार श्रद्धेय भिक्षुले शील प्रदानका साथै बुद्ध पूजा गर्नु भएर दानमध्ये धर्मदान सबैभन्दा उत्तम भन्नेबारे धर्मदेशना दिनु भएको हो। यसरी हरेक दिन बुद्ध शासनका विषयमा भइ रहेको धर्मदेशनाले गुँला पर्वको रौनक बढाउनुका साथै बुद्ध धर्म, शिक्षा र दर्शन वृद्धि गर्नमा सहयोग पुगिरहेको छ।