काठमाडौं,
बुद्ध प्रकाश फाउन्डेसनद्वारा सञ्चालित बोधि हाउस, स्वयम्भुमा श्रद्धेय खेन्पो ग्युर्मेद्वारा विशेष ध्यान प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। शुक्रवारको ध्यान शृंखलामा खेन्पो ग्युर्मेले ध्यान सत्रमा उपस्थितहरूलाई ध्यान अभ्यास गराउनुका साथै दैनिक जीवनमा ध्यानको आवश्यकता र महत्वबारे प्रशिक्षण दिनुभएको थियो। सो क्रममा श्रद्धेय लोपेनले “ध्यान भनेको के होरु ध्यान किन गर्नेरु ध्यान गर्दा अपनाउनुपर्ने विधि तथा तरिका के हुन्रु” भन्ने विषयमा जानकारी दिनुभयो। बुद्ध प्रकाश फाउन्डेसनले बुद्ध शिक्षासँगै ध्यानको अभ्यासलाई सर्वसुलभ बनाएर नेपाली समाज, विशेषगरी नेपाली भाषीहरूलाई लक्षित गरी विभिन्न स्थानहरूमा बौद्ध धर्मसम्बन्धी कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ। सो ध्यान सत्रमा जुनसुकै स्थानका श्रद्धालुहरू निःशुल्क रूपमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।