विहारहरुमा ज्ञानमाला भजन सहित नामसंगीती पाठ।

img

काठमाडौं,
नेपाल संवत ११४५ गुँलाथ्व त्रयोदशीका दिन धर्मकीर्ति विहारमा श्रद्धेय सुवर्णवती गुरुमाँद्वारा असीति महाश्रावक अन्तर्गत उपालि महाश्रावक चरितबारे देशना भएको छ। श्रद्धेय धम्मवती गुरुमाँ प्रमुख रहनुभएको सो विहारमा गुँला पर्वको अवसरमा आयोजित विशेष धार्मिक अनुष्ठान जारी छ। 
यसैक्रममा बिहीवार श्रद्धेय गुरुमाँले शील प्रदानका साथै बुद्ध पूजा गरेर असीति महाश्रावक अन्तर्गत उपालि महाश्रावक चरितबारे देशना दिनुभएको हो। यस्तै गुँला पर्वको अवसरमा विभिन्न स्थानमा रहेको विहारहरूमा आयोजित ज्ञानमाला भजन नामसंगीति पाठ जारी छ। यसैक्रममा श्रीघ विहारमा ज्ञानमाला भजनको माध्यमबाट भगवान बुद्धका शिक्षालाई संसारभर फैलाउने उद्देश्यले श्रीघ ज्ञानमाला भजनखलद्वारा ज्ञानमाला भजन प्रस्तुत भइ रहेको छ। यस्तै श्रीघ परिसरसहित रत्नमण्डल महाविहारमा श्रद्धेय गुरुज्यूहरू सहित श्रद्धालुहरूद्वारा प्रत्येक बिहान नामसंगीति पाठ भइ रहेको छ। नेपाल मण्डलमा प्रचलित आर्य नामसंगीति वाचन परम्परा एउटा अमूर्त संस्कृतिको रूपमा रहेको छ। 
त्यसकारण हरेक महिनाको प्रतिपदा, अष्टमी, पूर्णिमा, औंसीको अवसरमा र गुँला महिनामा भने प्रत्येक बहाः, बहिहरूमा दिनहुँजसो नामसंगीति पाठ गर्ने प्रचलनअनुरूप नामसंगीति पाठ गरिएको हो।