४२ औं बज्र गुरु जप साधना सुरु ।

img

काठमाडौं,
विश्वशान्ति एवम् समस्त सत्वप्राणीको हित सुखको कामना गर्दै मनाङ समाज गुम्बामा ४२ औं बज्र गुरु जप साधना सुरु भएको छ। परमपुज्य गुरु सेराप ग्याल्सेन रिन्पोछेको उपस्थितिमा बिहीवारदेखि आठ दिने ४२ औं बज्र गुरु जप साधना सुरु भएको छ। मनाङ समाज सेवा समितिले विगत एकचालिस वर्षदेखि स्वयम्भू, किमडोल स्थित मनाङ समाज गुम्बामा बज्र गुरु जप साधनाको कार्यक्रमको आयोजना हुँदै आइरहेको छ। सोही कार्यलाई निरन्तरता दिँदै यस वर्ष पनि ४२ औं बज्र गुरु जप साधनाको आयोजना गरिएको हो। समस्त सत्वप्राणीको हित सुख एवं विश्वशान्तिको कामना गरी कार्यक्रममा रिन्पोछे, लामागुरु, आनिहरू सहित मनाङ, हुम्ला, डोल्पा, रसुवा, सिन्धुपाल्चोक सहित हिमाली जिल्लाका हजारौं श्रद्धालुहरूको उपस्थितिमा बज्र गुरु जप साधना भएको छ।परमपुज्य गुरु सेराप ग्याल्सेन रिन्पोछेको समुपस्थितिमा आयोजित बज्र गुरु जप साधना करिब एक साता सम्म सञ्चालन हुने छ।