काठमाडौं,
ऐतिहासिक स्वयम्भु महाचैत्यमा महाचैत्यका पुजारी श्रद्धेय गुरु अशोक बुद्धाचार्यको मूलाचार्यतामा गुँला पर्वको अवसरमा एक महिनेको चैत्य व्रत र पूजा भैरहेको छ । स्वयम्भु व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा आयोजना गरिएको कार्यक्रममा श्रद्धावान उपासिकाहरू चैत्यको व्रत बसी र पूजा गरिरहेका छन् । एक महिना सम्म हुने चैत्य व्रत र पूजामा सहभागीहरूलाई श्रद्धेय गुरु अशोक बुद्धाचार्यले दैनिक रूपमा भगवान बुद्ध र हारती अजिमाको कथा देशना गरिरहनुभएको छ । गुँला पर्वको अवसरमा स्वयम्भु महाचैत्यमा सवा लाख चैत्य बनाएर व्रत बस्ने परम्परा अनुसार १० जना भन्दा बढी उपासिकाहरूले नियमित रूपमा व्रत बसी श्रद्धेय अशोक गुरुको नेतृत्वमा चैत्य पूजा गरिरहेका छन् ।