काठमाडौं,
ललितपुर भिखा बहाल, पाटन निवासी धनमाया बज्राचार्य स परिवारद्वारा विश्व शान्ति एवम् सत्व प्राणीको सुख, शान्ति, समृद्धिको मंगलकामना सहित दिवंगत ज्ञातिबन्धुहरूको सुगति तथा निर्वाणको कामना गरी आइतवार साँझ बुद्ध जन्मस्थल लुम्बिनीमा १०८ दीप प्रज्वलन गरिएको हो।
सो क्रममा गौतमी भिक्षुणी विहारका श्रद्धेया गुरुआमाहरूद्धारा आइतवार साँझ मायादेवी मन्दिर परिसरमा विश्व शान्तिको कामना सहित बुद्ध पूजा, परित्राण पाठ तथा दीप प्रज्वलन गरिएको हो। भगवान् बुद्धको पवित्र जन्मस्थल लुम्बिनी पुण्यभूमिका रूपमा रहेको कारणले पछिल्लो समय बौद्ध धर्मावलम्बीहरूद्वारा शान्तिको कामना, सर्व सत्वहितको कामना, शुभकार्यहरू र दिवंगत ज्ञातिबन्धुहरूको गुणानुस्मरण गर्दै दीप प्रज्वलन गरिँदै आएको छ। यसरी विविध पुण्य अवसरमा गरिएको दीप प्रज्वलनलाई बोधि टेलिभिजनले लुम्बिनीबाट प्रत्यक्ष प्रसारणमार्फत प्रसारण गर्दै आइरहेको छ।
भगवान् बुद्धको जन्मभूमि लुम्बिनीमा १०८ दीप प्रज्वलन गरी पुण्य सञ्चय गर्न चाहने श्रद्धावान उपासक–उपासिकाहरूले बोधि टेलिभिजनको क्षेत्रीय प्रसारण केन्द्र लुम्बिनी वा केन्द्रीय कार्यालय काठमाडौंमा सम्पर्क गर्न सक्नुहुनेछ।