स्वयम्भूमा श्रद्धेय लोपेन उर्गेन शेरावबाट विशेष ध्यान प्रशिक्षण कार्यक्रम सम्पन्न।

img

काठमाडौं,
बुद्ध प्रकाश फाउन्डेसनद्वारा सञ्चालित बोधि हाउस, स्वयम्भूमा श्रद्धेय लोपेन उर्गेन शेरावबाट विशेष ध्यान प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रवारिय ध्यान शृंखलामा लोपेन उर्गेन शेरावले ध्यान उपस्थितहरूलाई ध्यान अभ्यास गराउनुभई दैनिक जीवनमा ध्यानको आवश्यकता र महत्वबारे प्रशिक्षण दिनुभएको थियो । सो क्रममा श्रद्धेय लोपेनले ध्यान भनेको के हो ? ध्यान किन गर्ने र ध्यान गर्दा अपनाउनुपर्ने विधि एवम् तरिकाबारे जानकारी दिनुभएको थियो ।
बुद्ध प्रकाश फाउन्डेसनले बुद्ध शिक्षासँगै ध्यानको अभ्यासलाई सर्वसुलभ बनाएर नेपाली समाज र विशेषगरी नेपाली भाषीहरूलाई लक्षित गरी विभिन्न स्थानहरूमा बौद्ध धर्म सम्बन्धी कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ ।