दश करोड सिद्धि जप पुजा जारी, सर्व सत्व प्राणीको मंगल कामना।

img

काठमाडौं,
काठमाडौं बौद्धस्थित थेकचोक वोडसल पल्युल चोलिङ गुम्बामा आयोजित दश करोड सिद्धि जप पूजा जारी छ । विश्व शान्तिको कामना गरी २१ औं कोन्छ्योग चिद्दु महासाधना दश करोड सिद्धि जप पूजाको आयोजना गरिएको हो । विश्व शान्तिको कामना गरी विगत २१ वर्षदेखि वार्षिक रूपमा दश करोड सिद्धि जप पूजा हुँदै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा यस वर्ष पनि पल्टुल झम्पा लोडे रिन्पोछेको प्रमुखत्वमा दश करोड सिद्धि जप पूजाको आयोजना गरिएको हो । विभिन्न स्थानका श्रद्धालुहरूको सहभागिता रहेको कार्यक्रममा दैनिक एक करोड सिद्धि जप भैरहेको छ । दश दिनसम्म सञ्चालन हुने पूजाको चौथो दिन पनि श्रद्धेय रिन्पोछे, टुल्कु, खेन्पो, लामा गुरुहरू सहित श्रद्धालुहरूबाट दश करोड बज्रगुरु जप गरिएको छ । दश करोड बज्रगुरु जपको पुण्य प्रभावले विश्वमा शान्ति फैलिने र सर्वसत्त्व प्राणीको हित हुने विश्वास गरिन्छ । कार्यक्रममा प्रत्येक दिन बिहानदेखि साँझ गरिएको जप संकलन गरी दश दिनसम्म दश करोड जप पुर्‍याउने लक्ष्य रहेको छ ।