धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक स्वयम्भु महाचैत्यमा आयोजित चैत्य व्रत र पूजा जारी।

img

काठमाडौं,
धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक स्वयम्भु महाचैत्यमा आयोजित चैत्य व्रत र पूजा जारी छ ।गुँला पर्वको अवसरमा आयोजित चैत्य व्रत र पूजा आइतवार पनि महाचैत्यका पुजारी श्रद्धेय गुरु अशोक बुद्धाचार्यको मूलाचार्यतामा सम्पन्न भएको छ । स्वयम्भु व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा आयोजना गरिएको कार्यक्रममा श्रद्धावान उपासिकाहरू चैत्यको व्रत बसेर पूजा गरिरहेका छन् । गुँला पर्वको अवसरमा स्वयम्भु महाचैत्यमा सवा लाख चैत्य बनाएर व्रत बस्ने परम्परा अनुसार उपासिकाहरूले नियमित रूपमा व्रत बसेर श्रद्धेय अशोक गुरुको नेतृत्वमा चैत्य पूजा गरिएको हो । सो क्रममा व्रतालुहरूलाई श्रद्धेय गुरुले भगवान बुद्ध र हारती अजिमाँको फरक-फरक विषयमा दैनिक रूपमा कथा देशना गरिरहनुभएको छ । गुँला पर्वको मुख्य उद्देश्य बौद्ध धर्मका अनुयायीहरूको चित्त शुद्धि, धार्मिक आस्था बलियो बनाउनु र पुण्य कमाउनु हो ।
यस पर्वले भगवान बुद्धका शिक्षाहरूलाई पुनर्जीवित गरेर धार्मिक आस्था बलियो बनाउने काम गर्दछ । गुँला पर्व अवधिभर भगवान बुद्धको शिक्षा प्रचार(प्रसार गर्न र धर्मपालना गर्ने परम्परालाई पुनः जागृत गर्न विभिन्न धार्मिक कार्यक्रमहरू आयोजना गर्ने गरिएको छ ।