काठमाडौं,
काठमाडौंको श्रिघः स्थित श्रद्धेय धम्मवती गुरूमां प्रमुख रहनुभएको धर्मकीर्ति विहारमा आयोजित बुद्ध पूजा सम्पन्न भएको छ । नेपाल संवत ११४५ दिल्लागा आमाइका अवसरमा बिहीबार सो विहारमा शील प्रार्थना, बुद्ध पूजा, धर्मदेशना सहित पुण्यानुमोदन गरिएको हो । सो कार्यक्रममा विहारका आवासीय श्रद्धेय अमता गुरूमांद्धारा धम्मपद अट्ठकथा अन्तर्गत महादुग्गतयात महाजन पदबारे धर्मदेशना भएको थियो । हरेक महिनाको पाँच पटक नियमित रुपमा हुने बुद्धपूजा र धर्मदेशना कार्यक्रममा विहार आवासीय श्रद्धेय सहित श्रद्धावान उपासक उपासिकाहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा सर्व सत्वप्राणीको कल्याण एवं मंगल कामना पुण्यानुमोदन र दानप्रदान गरी कार्यक्रम समापन गरिएको थियो । सो विहारमा हरेक महिनाको पाँच पटक भगवान बुद्धका बुद्ध गुण, धर्म गुण र संघ गुण स्मरण गरी बुद्ध पूजागर्ने गरिएको छ । बुद्ध धर्म संघलाई त्रिरत्न वन्दना सहित काय, वाक् र चित्तलाई शुद्ध गरी सामूहिक रुपमा बुद्ध पूजा हुँदै आएको छ । यसरी शरीर, वचन र मन शुद्ध गरी बुद्ध पूजा गर्नाले बोधिज्ञान प्राप्त भई बोधिसत्त्व मार्गमा पुग्न सकिने विश्वास रहेको छ ।