काठमाडौं,
शाक्य परम्पराका ४२ औं गद्दीधारी परम पावन शाक्य ठ्रिचेन रत्न बज्र रिन्पोछे विशेष धर्मशिक्षा प्रदानको लागि नेपालमा पधारनुभएको छ। अन्तर्राष्ट्रिय बौद्ध प्रतिष्ठानद्वारा आयोजना गर्न लागिएको ग्रीष्मकालीन धर्मशिक्षाका लागि परम पावन रिन्पोछे त्रिभुवन विमानस्थल हुँदै शनिवार नेपालमा पाल्नुभएको हो। सो अवसरमा व्योम कुसुम महाविहारका शरणनायक परम पावन विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछेसहित महाविहारका संघबन्धुहरूद्वारा रिन्पोछेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रिय बौद्ध प्रतिष्ठानमा उच्च श्रद्धाका साथ स्वागत गरिएको थियो। परम पावन रिन्पोछे भारतबाट इन्डिगो विमानद्वारा नेपालमा पाल्नुभएको हो। परम पावन ४२ औं शाक्य ठ्रिचेन रिन्पोछेबाट विविध धार्मिक अनुष्ठानहरूको आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध प्रतिष्ठानले जनाएको छ।