भगवानको बुद्ध अस्तुधातु प्रदर्शनसँगै धार्मिक प्रवचन कार्यक्रमको आयोजना।

img

काठमाडौं,
बौद्धस्थित कानिङ सेडुबलिङ सेतो गुम्बामा भगवानको बुद्ध अस्तुधातु प्रदर्शनसँगै धार्मिक प्रवचन कार्यक्रमको आयोजना गरिएको छ । बुद्धको अस्तुधातु दर्शन गर्नाले अथाह पुण्य सञ्चय हुने भएको कारण शुक्रवार सर्वसाधारणको लागि अस्तुधातु प्रदर्शनी गरिएको हो । अस्तुधातु दर्शन गर्नाले सर्वत्र पूजिने, सबैबाट सेवा सत्कार प्राप्त गर्न सक्ने, अगाध श्रद्धा एवम् प्रज्ञा पैदा हुने, स्मृतिवान बन्ने, व्यापक रूपमा ज्ञान बोध गर्न सक्ने क्षमतावान व्यक्ति बन्न सकिने लगायतका लाभहरू प्राप्त गर्न सकिने विश्वास गरिन्छ । अस्तुधातु प्रदर्शनसँगै गुम्बामा खेन्पो ग्याल्छेनबाट धर्म उपदेश प्रदान गरिएको छ । सो क्रममा खेन्पाले श्रद्धालुहरूबीच मृत्युको अन्तिम समयमा गरिने कर्महरूको बारेमा धर्म उपदेश प्रदान गर्नुभएको थियो । अस्तुधातु दर्शन गर्नाले अथाह पुण्य सञ्चय हुने भएको कारण शुक्रवार अस्तुधातु दर्शन गर्ने श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको थियो ।