लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ।
प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा। तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो। विश्वविद्यालयको हालको बेरुजु शून्य दशमलव पाँच मात्रै भएको बैठकमा जानकारी गराइएको थियो।
कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालय प्रतिष्ठानहरूले नयाँ आर्थिक वर्ष लाग्नु अगावै आगामी आर्थिक वर्षमा बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिका लागि छोटो सूचनामा विश्वविद्यालयको सभा राखिएको हो।