लुम्बिनी,
भगवान् बुद्धको पवित्र जन्मस्थल लुम्बिनीबाट सर्व सत्वप्राणीको मंगल कामना गरी दीप प्रज्ज्वलन भइरहेको छ। भगवान् बुद्धको पवित्र जन्मस्थल लुम्बिनीबाट श्रद्धालुहरूले विश्व शान्तिको कामना, प्रकृति तथा प्राणी जगतको भलाइको कामना, जुनसुकै शुभकार्यका लागि र दिवंगतहरूको गुणस्मरणमा दीप प्रज्ज्वलन गर्दै आइरहेका छन्। दीप प्रज्ज्वलनकै क्रममा श्रद्धेय गुरुमाँहरूबाट बुद्ध पूजा सहित परित्राण पाठ समेत हुने गरेको छ। जसको माध्यमबाट लुम्बिनीमा धार्मिक पर्यटकहरूलाई आकर्षित गराउन, भगवान् बुद्धका उपदेश र सन्देशलाई विश्वव्यापी बनाउन सहयोग पुगिरहेको छ।यसरी विविध पुण्य अवसरमा गरिएको दीप प्रज्ज्वलनलाई बोधि टेलिभिजनले लुम्बिनीबाट प्रत्यक्ष प्रसारणमार्फत प्रसारण गर्दै आइरहेको छ।
भगवान् बुद्धको जन्मभूमि लुम्बिनीमा १०८ दीप प्रज्ज्वलन गरी पुण्य सञ्चय गर्न चाहने श्रद्धावान उपासक–उपासिकाहरूले बोधि टेलिभिजनको क्षेत्रीय प्रसारण केन्द्र, लुम्बिनी वा केन्द्रीय कार्यालय, काठमाडौंमा सम्पर्क गर्न सक्नुहुनेछ।