नमुना बुद्ध विहारद्वारा भिक्षाटन कार्यक्रमको आयोजना, भिक्षाटन तीन महिना सम्म सञ्चालन हुने।

img

काठमाडौँ,
वर्षावासको पुण्य अवसरमा काठमाडौं कंकेश्वरीस्थित नमुना बुद्ध विहारको आयोजनामा तीन महिनेमै भिक्षाटन कार्यक्रम सुरु भएको छ। विशेषगरी वर्षावासको समयमा दान दिने र लिने दुबै पक्षलाई अथाह पुण्य सञ्चय हुने भएकाले विगतका वर्षहरूदेखि नै सो विहारद्वारा भिक्षाटन हुँदै आइरहेको छ। सोही कार्यलाई निरन्तरता दिने क्रममा गत शुक्रवारदेखि तीन महिनेमै भिक्षाटन कार्यक्रमको आयोजना गरिएको हो।
बुधवार आयोजना गरिएको कार्यक्रममा ढोकाफल्चा, चसान्दो, लायुखगल्लीसहितका स्थानहरूमा भिक्षाटन भएको थियो। सो क्रममा विभिन्न उमेर समूहका श्रद्धालु उपासक–उपासिकाहरूले आफ्नो गच्छेअनुसार चामल, फलफुल, पानीसहित विभिन्न सामग्रीहरू दान गर्नुभएको थियो। सद्धर्मप्रेमी उपासक–उपासिकाहरूलाई पुण्य सञ्चय गर्ने अवसर प्रदान गर्ने हेतुसाथ आयोजना गरिएको सो कार्यक्रम आगामी असोज महिनासम्म सञ्चालन हुने छ। भगवान बुद्धले ‘चोरेर नखानु, अरूको स्वेच्छाले दिएको लिएर खानु’ भन्ने कुरा उपदेशमा भन्नु भएको बमोजिम श्रद्धेय भिक्षु, श्रद्धेय गुरुमाँहरूले यसरी समय–समयमा भिक्षाटन लिने चलन छ।