काठमाडौं,
नेपाल परम्परागत बौद्ध धर्म संघका अध्यक्ष तथा नेपाल वज्रयान महाविहार, लुम्बिनीका चक्रेश्वर श्रद्धेय प्राध्यापक डा. नरेशमान बज्राचार्यज्यूको शुभ जन्मोत्सव भव्य रूपमा मनाइएको छ। उक्त अवसरमा श्रद्धेय गुरुज्यूहरू, श्रद्धेय गुरुमाँहरू, विभिन्न बौद्ध संघ–संस्थाका पदाधिकारीहरू तथा श्रद्धालुहरूले श्रद्धेय गुरुज्यूको सुस्वास्थ्य, समृद्धि र दीर्घायुको हार्दिक मंगलकामना व्यक्त गरेका छन्। नेपालको वज्रयान बौद्ध धर्मको विकास तथा विस्तारमा अतुलनीय योगदान दिँदै आउनुभएका श्रद्धेय गुरुज्यू डा. नरेशमान बज्राचार्यज्यूको यस शुभ जन्मोत्सवको अवसरमा, उहाँको मार्गदर्शनमा वज्रयान बौद्ध धर्म अझ विस्तार र समृद्ध होस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गरिएको छ। बोधि टेलिभिजन परिवार श्रद्धेय गुरुज्यूको उत्तम स्वास्थ्य, दीर्घायु तथा मंगलमैत्री जीवनको हार्दिक कामना गर्दछ।