आनन्दकुटी विहारमा तीन महिने अभिधर्म कक्षा सुरु।

img

काठमाडौं,
स्वयम्भू स्थित आनन्दकुटी विहारमा तीन महिने अभिधर्म  कक्षा सुरु, कक्षामा विभिन्न उमेर समूहका प्रशिक्षार्थीहरू सहभागी, पहिलो दिन अभिधम्म मार्गको परिचय र महत्वबारे प्रशिक्षण। स्वयम्भू स्थित आनन्दकुटी विहारमा शनिवारदेखि तीन महिने अभिधर्म  कक्षा सुरु भएको छ।
आनन्दकुटी विहारद्वारा आयोजना गरिएको सो कक्षाको माध्यमबाट भगवान् बुद्धद्वारा देशना गरिएका चौरासी हजार धर्मस्कन्धमध्ये एक महत्वपूर्ण र गम्भीर पिटक मानिने अभिधर्म पिटकको गहन विवेचना र व्यवहारिक अभ्यास समेट्ने लक्ष्य राखिएको छ। पहिलो दिनको कक्षामा अभिधर्म  मार्गको परिचय र महत्वबारे प्रशिक्षण भएको थियो। सो कक्षामा अभिधर्म पिटकमा समावेश धम्मसङ्गणीपालि, विभङ्गपालि, धातुकथापालि, पुग्गलपञ्ञत्तिपालि, कथावत्थुपालि, यमकपालि, र पठ्ठानपालि ग्रन्थहरूबारे विस्तृत रूपमा व्याख्या गरिने छ। बौद्ध परम्परामा अभ्यास र सैद्धान्तिक अध्ययन जोड्न अभिधर्म  पिटक अनिवार्य मानिन्छ। चौरासी हजार धर्मस्कन्धबीच यसको गहिराइले व्यवहारिक अभ्यासमा सहयोग पुग्दछ। विभिन्न उमेर समूहका प्रशिक्षार्थीहरूको सहभागिता रहेको सो कक्षा आश्विन १८ गते समापन हुनेछ।