तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन उपाध्यक्ष डा. ल्हारक्याल खेन्पो छिमे लामा र मन्त्रीसहितको टोली फ्रान्स प्रस्थान ।

img

काठमाडौं,
भगवान बुद्धले २९ वर्ष बिताउनु भएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पूर्व तयारी थालिएको छ । सो कार्यका लागि लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल खेन्पो छिमे लामा फ्रान्स पुग्नुभएको छ ।
उपाध्यक्ष डा। लामा प्राचीन कपिलवस्तुको तिलौराकोटलाई युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीको बैठकको पूर्व तयारीको लागि फ्रान्स पुग्नुभएको हो । बैठकको पूर्व तयारीको लागि फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराई, फ्रान्सका लागि भारतीय राजदूत विशाल शर्मा, युनेस्कोको वर्ल्ड हेरिटेज साउथ एसियाका प्रमुख हिमाल चुली गुरुङ, आईकोमोसका अध्यक्ष टेरेसा प्याट्रिसियो, तथा निर्देशक ग्वेनाले बोर्डिन सहितका विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख तथा विभिन्न संस्थाका प्रमुखहरूसँग प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक सहकार्यको लागि कार्यकारी उपाध्यक्ष डा। लामाले भेटवार्ता तथा छलफल जारी राख्नुभएको हो ।त्यस्तै बैठकमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासन प्रमुख ज्ञानीन राई लगायत कार्यक्रम सहभागीको लागि सोमबार फ्रान्स प्रस्थान गर्नुभएको छ ।
यसअघि कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज युनेस्को विश्व सम्पदा केन्द्रमा पेस भइसकेको छ । गतवर्ष युनेस्को वर्ल्ड हेरिटेज केन्द्रका निर्देशक महामहिम लाजारे इलोन्डोलाई औपचारिक रूपमा मनोनयन दस्तावेज पेश भइसकेको छ ।