काठमाडौंमा बुद्धिष्ट चु जी च्यारिटी फाउन्डेसनद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर प्रभावकारी बन्दै

img

काठमाडौं,

काठमाडौंमा अन्तर्राष्ट्रिय परोपकारी संस्था बुद्धिष्ट चु जी च्यारिटी फाउन्डेसनद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर थप प्रभावकारी बन्दै गएको छ। सरकारी अस्पतालहरूमा समेत न्यून शुल्क तिरेर उपचार गर्न नसक्ने विपन्न परिवार तथा स्वास्थ्य सेवाको अभावमा जीवनयापन गरिरहेका समुदायसम्म शिक्षासहितको स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सञ्चालित यो शिविर प्रभावकारी बन्दै गएको हो। 

शिविरमा प्रत्येक हप्ता विशेषज्ञ चिकित्सकहरूद्वारा उच्च रक्तचापनाक-कान-घाँटीस्त्री रोगबाल रोगहाडजोर्नी तथा छालासम्बन्धी विभिन्न रोगहरूको निःशुल्क परीक्षणउपचार तथा परामर्श प्रदान गरिँदै आएको छ।स्वास्थ्य शिविरमा फाउन्डेसनका स्वयंसेवकहरूले बिरामी व्यवस्थापनऔषधि वितरणर चिकित्सकहरूसँग सहकार्य गर्दै सराहनीय योगदान दिइरहेका छन्। उनीहरूको अनुशासनसंवेदनशीलता र सेवाभावले कार्यक्रमलाई थप विश्वासिलो बनाएको छ।

स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका समुदायमा सेवा पुर्‍याउन पाएकोमा आफूहरू उत्साहित भएको स्वयंसेवकहरूले बताएका छन्। बुद्धिष्ट चु जी च्यारिटी फाउन्डेसनद्वारा सञ्चालित यस निःशुल्क स्वास्थ्य शिविरले भगवान बुद्धका शिक्षाहरू र संस्थापक श्रद्धेय चङ्येन गुरुआमाको सदिच्छा अनुसार सामाजिक न्याय र करुणाको आधारमा जन–जनसम्म स्वास्थ्य सेवा पुर्‍याउँदै आएको छ।