काठमाण्डौंको बौद्ध स्थित शेर्पा सेवा केन्द्रमा आयोजित सम्भोटा लिपि प्रशिक्षण कक्षा जारीे छ । बुद्ध धर्म, संस्कृति परम्परा एवं सम्भोटालिपिको संरक्षण र विकास गर्ने उद्देश्यका साथ हिमालय शेर्पा बौद्ध संस्कृति संरक्षण समाजद्धारा विगतका बर्षहररुदेखी सम्भोटा लीपि कक्षा सञ्चालन सञ्चालन हुदैं आईरहेको छ ।
यसै शिलशिलामा यस् बर्ष पनि हिमाली बौद्ध परम्परा अध्ययन र अभ्यास गर्न चाहनेहरुका लागी भासिक सहजताको लागी हिमालय शेर्पा बौद्ध संस्कृति संरक्षण समाजले सम्भोटा लिपी प्रशिक्षण कक्षा सञ्चालन गरिएको हो । महायान बुद्ध धर्मको पुजा पाठ गर्ने विधिहरु यसबाटै सिक्न सकिने भएका कारण र रिन्पोछे, लामागुरुहरुबाट प्राप्त हुने धर्म देशना श्रवण गर्ने लगायतका विविध कार्यहरुका लागी सम्भोटा लीपि शिक्षा अध्ययन गर्न आवश्यक रहेको प्रशिक्षार्थीहरुको भनाई रहेको छ । बुद्ध धर्म संग जोडिएको सम्भोटा लीपीमा महायान बुद्ध धर्मको पुजा पाठ गर्ने विधिहरु यसबाटै सिक्न सकिने भएका कारण पछिल्लो समय सम्भोटा लिपि अध्ययन् गर्र्नेहरुको संख्यामा बृद्धि भईरहेकोे छ ।
विश्व शान्तिका लागि बौद्ध शिक्षा महत्वपूर्ण रहेको कारण भगवान बुद्धका शिक्षा पालनाबाटै सबैको हीत र मुलुकको समृद्धि हुने भएकाले सो कक्षा मार्फत बौद्ध दर्शनलाई विश्वभर फैलाउन सहयोग पुग्ने छ । सम्भोट लिपी तिब्बत, नेपाल, भुटान, भारत, चीन, ताइवान, संयुक्त राज्य अमेरिका लगायतका देशहरुमा प्रयोग हुदैं आईरहेको छ । विभिन्न उमेर समुहका प्रशिक्षार्थीहरुको सहभागीता रहेको सो कक्षा ६ महीना सम्म कक्षा सञ्चालन हुने छ ।