बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन

img

काठमाडौं,
भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा १०८ दीप प्रज्वलन गरिएको छ। काठमाडौं ढल्को निवासी विश्वलाल तण्डुकार परिवारद्वारा दिवंगत शारदा डंगोल तण्डुकारको सुगति सहित निर्वाणको कामना गर्दै १०८ दीप प्रज्वलन गरिएको हो। आइतवार साँझ बुद्ध जन्मस्थल लुम्बिनीमा दिवंगत शारदा डंगोल तण्डुकारसहित दिवंगत ज्ञातिवन्धुहरूको सुगति र निर्वाणको कामनासहित बुद्ध पूजा तथा परित्राण पाठसहित दीप प्रज्वलन गरिएको हो। दीप प्रज्वलन कार्यक्रममा गौतमी भिक्षुणी विहारका श्रद्धेय गुरुमाहरू द्वारा सर्वसत्व प्राणीको पुण्य हेतुको मंगलकामना गर्दै पवित्र लुम्बिनी उद्यानमा सामूहिक परित्राण पाठ भएको थियो।
भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनी पुण्यभूमिका रूपमा रहेको कारणले गर्दा सो भूमिबाट पछिल्लो समय बौद्ध धर्मावलम्बीहरूले शान्तिको कामना, सर्वसत्वहितको कामना, शुभकार्यहरू र दिवंगत ज्ञातिवन्धुहरूको गुणानुस्मरण गर्दै दीप प्रज्वलन गर्दै आइरहेका छन्। यसरी विविध पुण्य अवसरमा गरिएको दीप प्रज्वलनलाई बोधि टेलिभिजनले लुम्बिनीबाट प्रत्यक्ष प्रसारण गर्दै आइरहेको छ। भगवान बुद्धको जन्मभूमि लुम्बिनीमा १०८ दीप प्रज्वलन गरी पुण्य सञ्चय गर्न चाहने श्रद्धावान उपासक–उपासिकाहरूले बोधि टेलिभिजनको क्षेत्रीय प्रसारण केन्द्र लुम्बिनी वा केन्द्रीय कार्यालय काठमाडौंमा सम्पर्क गर्न सक्नुहुनेछ।