काठमाडौ,
ब्योम कुसुमा बुद्ध धर्म संघ महाविहार विशालनगरमा शनिबार आयोजना गरिदैं आएको बोधिपुष्पाञ्जली प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार सम्पन्न भएको बोधि पुष्पाञ्जली प्रवचन कार्यक्रममा व्योम कुसुमा महाविहारका प्रमुख आचार्य धर्मधर नारायण रिजाल ज्यूले बोधि पुष्पाञ्जलीको श्रृखला प्रवचन गर्नु भएको थियो । कार्यक्रममा आचार्य धर्मधर नारायण रिजालले व्योम कुसुमाका संघवन्धुहरु सहित उपस्थित श्रद्धालु उपासक उपासिकाहरुबाट शरणगमन सहित बुद्ध पूजा भएको थियो । शनिवारको कार्यक्रममा बोधि पुष्पाञ्जलीका प्रवचक धर्मधर नारायण प्रसाद रिजालले अभिधर्मको ज्ञानबारे देशना गर्नुभयो ।
बोधिपुष्पाञ्जलि शृंखला अन्र्तगत परम पावन गुरुपाद विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछे रत्नश्रीज्युले २२ वर्ष लामो गुफाबासमा रहनु भएका बेला गुरुबाट आफ्ना शिष्यहरूका लागि गहन धर्मोपदेशहरू अङ्ग्रेजी भाषामा लेखेर दिने गर्नुहुन्थ्यो । धर्मधर नारायण प्रसाद रिजालज्यूले तिनै उपदेशहरूलाई नेपालीमा अनुवाद गरी हरेक महिना महाविहारमा भेला हुने संघवन्धु तथा शिष्यहरूलाई सरल व्याख्यान सहित त्यसबेलादेखि नै सुनाउने गर्नुभएको थियो । सोही धर्म प्ररिचयको परम्परा नै मासिक बोधिपुष्पाञ्जलि शृंखलाका रूपमा स्थापित हुन पुगेको हो । विभिन्न गुम्वाका लामा गुरुहरु, व्योम कुसुमाका संघवन्धुहरु लगायत सद्र्धमप्रेमि उपासक उपासिकाहरको उल्लेख्य सहभागिता रहेको कार्यक्रमको अन्त्यमा सर्व सत्व पुण्य हेतु पुण्यानुमोदन गरिएको थियो । सो कार्यक्रमले भगवान् बुद्धका शिक्षालाई पुनस्र्मरण गराउन मात्र नभएर समुदायमा शान्ति र सद्भाव सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्याएको छ ।