लुम्बिनी वज्रयान महाविहार निर्माणमा सहयाेग गर्नुहुने दानी दातारू सम्मानित

img

काठमाडाैं, 
नेपाल परम्परागत बुद्ध धर्म संघ भक्तपुरको आयोजनामा लुम्बिनीमा निर्माण गरिएको लुम्बिनी वज्रयान महाविहारमा दान गर्ने दानि दाताहरुलाई सम्मान गरिएको छ ।  नेपाल परम्परागत बुद्ध धर्म संघका अध्यक्ष एवम् लुम्बिनी वज्रयान महाविहारका श्रद्धेय चक्रेश्वर प्राध्यापक डाक्टर नरेशमान बज्राचार्यको अगुवाईमा बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण भएको लुम्बिनी वज्रयान महाविहारको लागी नेपाल परम्परागत बुद्ध धर्म संघ भक्तपुरद्धारा २०६९ सालमा संकलन गरिएको थियो । सोहि समयमा स्वइच्छा र विशेष दान गर्नुभएका श्रद्धालुदाताहरुलाई शनिवार सम्मान गरिएको हो । 

सम्मानित हुने दाताहरु मध्येमा हारतमिाँको मन्दिर दान गर्नुहुने राजेन्द्र कुमार शाक्य, स्वर्ण लेपन शाक्य मुनि बुद्धको मूर्तिदान गर्नुभएका अष्ट बुद्ध बुद्धाचार्य, हारतीमाँको मन्द्यिर दान गर्नुहुने पुर्ण शोभा शाक्य र अनिकिस्त भुवन नामांकरण गरिएको कोठा दान गर्नुभएका बसन्त राज शाक्य सहित महाविहारमा रु एक लाख रुपैया भन्दा बढी आर्थिक एवम् विभिन्न बौद्ध कलाहरु दान गर्नुहुने दाताहरुलाई सम्मान गरिएको हो । सो अवसरमा लुम्बिनी बज्रयान महाविहारका श्रद्धेय चक्रेश्वर प्राध्यापक डाक्टर नरेशमान बज्राचार्यद्धारा दाताहरुलाई प्रमाण पत्र सहित मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । सम्मान कार्यक्रम पुर्व श्रद्धेय चक्रेश्वर प्राध्यापक डाक्टर नरेशमान बज्राचार्यको प्रमुखत्वमा सप्तविधानुत्तर पुजा, संघदान सहित बज्रयान बौद्ध परम्परा अनुसार गरिने विविध पुजा एवम् मंगल पाठ गर्नुभएर संघदान गर्ने श्रद्धालुदाताहरुलाई दानको पुण्यद्धारा सबै दाताहरु र सहभागीहरुलाई सप्तवृद्धिको आशिका प्रदान गर्नुभएको थियो । 

यस्तै कार्यक्रममा नेपाल परम्परागत बुद्ध धर्म संघ भक्तपुरका अध्यक्ष प्रा.डा.पुष्परत्न शाक्यले श्रद्धेय चक्रेश्वर प्राध्यापक डाक्टर नरेशमान बज्राचार्यलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।सो अवसरमा श्रद्धेय चक्रेश्वर प्राध्यापक डाक्टर नरेशमान बज्राचार्यको प्रमुखत्वमा सप्तविधानुत्तर पुजा, संघदान सहित बज्रयान बौद्ध परम्परा अनुसार गरिने विविध पुजा एवम् मंगल पाठ गरिएको थियो । सो महाविहारमा विभिन्न स्थानहरुका दाताहरुद्धारा दान गरिएका बैरोचन बुद्धका मूर्ति, सारीपुत्र र मौदगल्यायण भिक्षुका मूर्ति, सिंह मूर्ति, बज्रधातु चैत्य, बसुन्धरा देवीको मूर्ति, हारतीमाँको मूर्ति लगायतका मूर्तिहरु प्रतिस्थापन गरिसकिएको छ । नेपाल परम्परागत बौद्ध धर्म संघ, नेपाल बज्रयान महाविहार संचालक समितिले २०६८ सालदेखि ब्रजयान महाविहार निर्माण सुरु गरेको थियो । लुम्बिनी बज्रयान महाविहारले बौद्ध धर्म संरक्षण, अध्ययन र अनुसंधानको साथसाथै बौद्ध परम्परालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समृद्ध बनाउनमा सहयोग पुग्ने विश्वास गरिएको छ । नेपालको बौद्ध संस्कृति र धर्मको क्षेत्रमा केही उल्लेखनीय कार्यहरू गर्ने उद्देश्यका साथ  बुद्ध जन्मस्थल लुम्बिनीमा ‘नेपाल बज्रयान महाविहार’ निर्माण गरिएको हो ।