थाइ भिक्षुहरूलाइ धर्मकीर्ति विहारमा भोजन दान

img

श्रीघः स्थित श्रद्धेय धम्मवती गुरुमां प्रमुख रहनुभएको धर्मकीर्ति विहारमा परित्राण पाठको आयोजना गरी थाइल्याण्बाट पाल्नुभएका श्रद्धेय भिक्षुहरुलाई भोजन दान गरिएको छ । मंगलवार आयोजना गरिएको कार्यक्रममा विहारका आवासिय श्रद्धेय गुरुमांहरु सहित श्रद्धालु उपासक उपासिकाहरुबाट थाई भिक्षुहरुलाई भिक्षादान गरि विहारमा स्वागत गरिएको थियो । तत्पश्चात विहारको धम्महलमा श्रद्धेय भिक्षुहरुबाट सुख,  शान्ति र समृद्धिको कामना गरी परित्राण पाठ गरिएको थियो । सो अवसरमा विहार प्रमुख श्रद्धेय धम्मवती गुरुमांले आफनो निमन्त्रणा स्वीकार गरी विहारमा पाल्नुभएका थाई भिक्षुहरुलाई साधुवाद व्यक्त गर्नुहुदैं भोजन ग्रहणको लागी आग्रह गर्नुभएको थियो । विहारका प्रमुख श्रद्धेय धम्मवती गुरुमांको सदिक्षा बमोजिम ५० भन्दा बढी श्रद्धेय थाई भिक्षुहरुलाई धर्मकीर्ति विहारमा भोजन दान गरिएको हो । सो क्रममा विहारका आवासिय श्रद्धेय गुरुमांहरु, श्रद्धालु उपासक उपासिकाहरु आफै सहभागी भएर विहारको भान्सामा विभिन्न मिष्ठान्न व्यञ्जन तयार गरी भोजन दान गरिएको थियो । सो अवसरमा श्रद्धेय भिक्षुहरुले अत्यन्तै हर्षित मुद्रामा रहनुभएर भोजन ग्रहण गर्नुभएको थियो  । बौद्ध परम्परा अनुसार दान विभिन्न प्रकारले गर्न सकिने भएका कारण बौद्ध धर्ममा दानलाई ठूलो महत्वका साथ लिने गरिन्छ । जसमध्ये बुद्ध धर्ममा भोजन दानलाई बिशेष महत्वका साथ् वर्णन गरी यसबाट अत्यन्त पुन्य प्राप्त हुने उल्लेख गरिएको छ ।