रिन्पोछेको बाहुलीबाट अमतिाभ बुद्धको अभषेक प्रदान

img

व्योमकुसुमा बुद्ध धर्म संघ विशालनगरमा श्रद्धेय गुरुपाद विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछेबाट अमिताभ बुद्धको अभिषेकका साथै क्षितिगर्भ बोधिसत्व, आर्य जम्भल लगायतका मन्त्रहरूको वाङ प्रदान भएको छ । श्रद्धेय रिन्पोछेको देशनाबाट प्रभावित भई अभिषेक लिन चाहानुहुने भारत तथा नेपालका श्रद्धालु उपासक उपासिकाहरुको आग्रहमा शुक्रवार सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेपाल सहित भारतको भोपाल, देहरादुन लगायतका विभिन्न स्थानका श्रद्धालुहरुको सहभागीता रहेको थियो ।  मृत्युको अन्तिम क्षणमा अमिताभ बुद्धलाई सम्झी अमिताभ बुद्धको मन्त्रजप गरेमा बुद्ध क्षेत्रमाजान सकिने बौद्ध धर्मावलम्बिहरुको विश्वास रहेको छ । यहीविश्वासलाई शिरोपर गर्दै श्रद्धेय रिन्पोछेले मृत्युको अन्तिम क्षण सम्म समेत होसमा रहेर अमिताभ बुद्धलाई सम्झनुपर्ने बताउनु हुँदै अभिताभ बुद्धको अभिषेक प्रदानगर्नु भएको हो । अभिषेक प्रदानगर्नु अघि श्रद्धेय रिन्पोछेले यो भवः संसारबाट तरेर जान क्लेशबाट मुक्त हुुनुपर्ने यथार्थलाई बोध गराउनु हुँदै धर्मदेशना गर्नु भएको थियो । श्रद्धेय रिन्पोछेबाट अभिषेक वाङ प्रदान गर्नै क्रममा उपासक उपासिकाहरुलाई त्रि शरणगमन सहित विधिपुर्वक सूत्र एवम् मन्त्रहरु अनुवाचन गराउदैं अभिषेक प्रदान गरिएको थियो । २२ वर्षभन्दा बढि समय गुफाबास बसेर बौद्ध धर्म, ध्यान र दर्शनको गहिरो साधना गर्नु भएका श्रद्धेय गुरुपाद विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछे रत्नश्री राणा रिन्पोछेले नेपाली भाषामार्फत् बौद्ध धर्मलाई आम मानिस समक्ष पु¥याउन अतुलनिय योगदान दिदै आउनु भएको छ । सरल ढंगले बुद्ध शिक्षा सिक्नको लागी व्योम कुसुमा बुद्ध धर्मसंघ मार्फत सहज भएको हुदा आफुहरु भारतबाट आएको र व्योम कुसुमा महाविहारमा श्रद्धेय रिन्पोछेबाट देशना श्रवण गर्न तथा अभिषेक ग्रहण गर्न पाउदा कृतज्ञ भएको अमित कुमार बताउनुभयो ।