अन्तराष्ट्रिय परोपकारी संस्था बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेसनद्धारा लुम्बिनीमा निः शुल्क स्वास्थ्य शिविरको आयोजना

img

अन्तराष्ट्रिय परोपकारी संस्था बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेसनले लुम्बिनीमा २ दिने निः शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शुक्रवारदेखी सञ्चालन भएको शिविरमा छातिका विरामीहरुलाई लक्षित गरी निःशुल्क २ दिने स्वास्थ्य शिविरको आयोजना गरिएको हो । सो शिविरमा छाती चिकित्सक डाक्टर मोहन प्रसाईद्धारा छातिका विरामीहरुको निःशुल्क चेकजाँच गरी  औषधी वितरण गरिएको छ । शविरमा पहिलो दिन महिलवार सहित आसपासका ५० भन्दा बढी बिरामीले आफनो स्वास्थ्य परिक्षण गराएको फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका सस्थापक श्रद्धेय चङ येन गुरुआमाको सदिक्षा अनुसार भगवान बुद्ध जन्मनुभएको पवित्र स्थान लुम्बिनीमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएर चुजी फाउन्डेसनले जनमानसमा स्वास्थ्य क्षेत्रमा सचेतना जगाउनुका साथै समुदायमा स्वास्थ्य सेवाको पहुँच सुधार गर्नका निमिक्त निरन्तर काम गर्दे आईरहेको छ ।  सो शिविर शनिवार दिउसो १२ बजे सम्म सञ्चालन हुनेछ ।