छोटुल दावा महिनाको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा अवस्थित पाल थुव्तेन सेडुप लिङ गुम्बा हजार बुद्ध मन्दिरमा १० करोड जप संचय दुङ द्रूबको अभ्यास जारी छ । कानिङ सेडुबलिङ महाविहारका शरणनायक परम पावन क्याब्जे छोकी निमा रिन्पोछेको प्रमुखत्वमा विभिन्न गुम्बाबाट पाल्नुभएका लामा गुरुहरू सहित देश विदेशका श्रद्धालुहरूको उपस्थितीमा त्रिकालका सबै बुद्धहरुको स्रोत, धारणी, मन्त्रहरुको राजा मुनि मन्त्रको १० करोड जप संचय दुङ द्रूबको अभ्यास जारी रहेको । सो गुम्बामा मन्त्र जप गुर्नपुर्व विश्वमा शान्ति होस्, भय, त्रास, अशान्ति बाधा हटेर जाओस, सबैको मनोकामना पुरा होस् र सम्पुर्णलाई बुद्ध ज्ञान प्राप्ति होस् भन्ने हेतुका साथ कांग्युर पाठ वाचन गरिएको थियो । कांग्युर पाठ कार्यक्रम समापन भएसंगै सो गुम्बामा त्रिकालका सबै बुद्धहरुको स्रोत, धारणी, मन्त्रहरुको राजा मुनि मन्त्रको १० करोड जप संचय दुङ द्रूबको अभ्यास गरिएको हो । सो कार्यक्रममा सहभागी भएर पुण्य सञ्चय गर्नको लागी सम्पुर्ण श्रद्धालुहरुमा आयोजकको तर्फबाट पाल थुव्तेन सेडुप लिङ गुम्बाले आव्हान समेत गरेको छ ।