भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा लुम्बिनीको प्रवद्र्धन गर्ने उद्देश्यसहित बिहिवार देखी सुरु भएको अन्तर्राष्ट्रिय शान्ति उत्सव जारी छ । शुक्रवार मायादेवी मन्दिर परिसरमा दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव तथा अन्तर्राष्ट्रिय ध्यान महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लुम्बिनीलाई बौद्धमार्गीहरूको आस्थाको केन्द्र मात्र नभई विश्व शान्ति पर्यटनको प्रमुख केन्द्रको रूपमा चित्रित गर्नुभएको छ । मन्त्री पाण्डेले लुम्बिनीको महत्त्वलाई दर्साउँदै ‘लुम्बिनी शान्तिप्रियहरूको पवित्र स्थल हो र यहाँबाट शान्ति, एकता, सदभाव र मानवताको सन्देश फैलाउन सकिने बताउनुभयो । मन्त्री पाण्डेले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा रहेका स्थलको संरक्षणको लागि मन्त्रालयले निरन्तर काम गरिरहेको समेत जानकारी दिनुभयो । यसैगरी उहाँले नेपालले संस्कृति, आध्यात्मिक र साहसी पर्यटनबाट लाभ लिनसक्ने बताउँनुहुदै लुम्बिनीलाई यसको प्रमुख गन्तव्यको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुहुदेैं मन्त्री पाण्डेले बुद्धजन्मस्थल लुम्बिनीसँग जोडिएका तिलौराकोट, देवदह र रामग्रामलाई पनि विश्व शान्ति सहर बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले लुम्बिनीलाई बौद्ध धर्म र शान्तिको सन्देश दिने स्थलको रूपमा प्रस्तुत गर्दै महोत्सवको महत्त्वमाथि स्पष्ट पार्नुभयो । त्यसैगरी उपाध्यक्ष लामाले लुम्बिनीको प्रबद्र्धन र सम्बद्र्धनका लागि चिनियाँ दूतावासको सहकार्यका कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । यसैगरी नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवले नेपाल र चीनबीच सांस्कृतिक, खेलकुद र जनस्तरका आदान–प्रदानलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो । राजदूत चेन सोङले लुम्बिनी विश्वकै पवित्र ठाउँ भएको बताउनुहुदैं सो कार्यक्रम बुद्ध जन्मस्थल लुम्बिनीबाट बुद्ध शिक्षा संसारको लागि प्रचार प्रसार गर्न महत्वपूर्ण रहने बताउनुभयो । राजदूत सोङले लुम्बिनीलाई ध्यानको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने पनि उल्लेख गर्नुहुदैं ‘नेपाल र चीनको सम्बन्ध हार्ट टु हार्ट अर्थात् मनदेखि मनसम्म छ, उहाँले भन्नुभयो । महोत्सव चिनियाँ दूतावाससँगको सहकार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयल लुम्बिनी बिकास कोष सहित विभिन्न निकायहरूद्धारा आयोजना गरिएको कार्यक्रमको उद्घाटन समारोह शुक्रबार विहान गरिएको हो । कार्यक्रमको उद्घाटन मायादेवी मन्दिर उद्यानपरिसरमा सय भन्दा बढी भिक्षुहरु र ४ सय साधकको सहभागितामा ध्यान गराएर गरिएको थियो । शनिबार लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन कार्यक्रम राखिएको छ । यस महोत्सवलाई लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी, युनान माउन्टेनियरिङ तथा आउटडोर स्पोट्र्स संघ, केजीएच ग्रुप, भिभो, दीपल र बुद्ध एयरले सहयोग पु¥याएका छन् ।