भास्सरा माध्यमिक बिद्यालयमा परियत्ति पुरस्कार वितरण कार्यक्रम सम्पन्न

img

बाेधि समाचार, २८ श्रावण, काठमाडाैं
ललितपुरको भास्सरा माध्यमिक बिद्यालयमा परियत्ति पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । थाईल्याण्डको धम्मकाय फाउन्डेसनबाट सञ्चालित वल्र्ड पिस ईक्जाम एवं नेपाल बौद्ध परियत्ति शिक्षा २०७९  सालमा उत्तिर्ण भएका बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको हो । सो कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा परियत्ति परिक्षामा उत्तिर्ण भएका बिद्यार्थीहरुलाई थाइल्याण्डको धम्मकाय विहारका बोर्ड सदस्य रहनुभएका  श्रद्धेय भिक्षु थावरो भन्ते, प्रमुख अतिथी मञ्जली शाक्य बाट पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्यले परियत्ति शिक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुले सिकेका ज्ञान व्यवहारमा लागुगरि आफनो आचरणमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको बताउनुभयो । यसैगरी उहाँले जीवन सफल पार्नमा परियत्ति शिक्षाको ठुलो महत्व रहेको बताउँदै  परियत्ति शिक्षा सम्पूर्ण दुःख निर्मूल गर्न सिक्ने शिक्षा भएको उल्लेख गर्नुभयो । उहाँले परियत्ति शिक्षा भगवान बुद्धले दिनुभएको उपदेश हो र यो सम्पूर्ण मानवजातिका लागि नभई नहुने शिक्षा भएको बताउनुभयो । यो शिक्षाले बालबालिकामा नैतिक शिक्षा दिन, पञ्चशीलको आचरण गराउन र दैनिक व्यवहारमा समेत परिवर्तन ल्याउनमा सहयोग गर्ने बताउनुभयो । 
कार्यक्रममा थाइल्याण्डको धम्मकाय विहारका बोर्ड सदस्य श्रद्धेय भिक्षु थावरो भन्ते, श्रद्धेय ञाणवती गुरुमां, अन्य बिहारका श्रद्धेय भन्ते, गुरुमां, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, बिभिन्न बौद्ध संघ सस्थाका पदाधिकारी, शिक्षिका, बिद्यार्थी, अभिभावक लगायत श्रद्धावान उपासक उपासिकाहरुको सहभागिता रहेको थियो ।