परम पावन ४२ औं साक्या ट्रिचेन रत्न बज्र रिन्पोछे हाल नेपाल भ्रमणमा रहनु भएको छ । नेपाल भ्रमणको क्रममा परम पावन ४२औं साक्या ट्रिचेन रत्न बज्र रिन्पोछेको समुपस्थितिमा सर्वसत्वप्राणिको हितको कामना गरि विभिन्न गुम्बाहरुमा हिमाली बज्रयान तथा साक्या परम्पराका मोन्लाम पाठहरु सम्पन्न भएको थियो । धार्मिक भ्रमणको क्रममा काठमाडौंको विशालनगर स्थित व्योम कुसुमा महाविहारमा परम पावन गुरुवर विद्याधर आचार्य माहायोगी श्रीधर राणा रिन्पोछे ‘रत्नश्री’ र माहा कारुनिक जेचुन्माको असिम करुणाले गत शनिबार ४२ औं साक्या ट्रीचेन रत्न वज्र रिन्पोछे समुपस्थितिमा श्वेत महाकालको पूजा तथा अभिषेक कार्यक्रम सम्पन्न भएको थियो । रिन्पोछेको समुपस्थितिमा इन्टरनेष्नल बुष्द्धिट एकेडेमी काठमाडौंमा विभिन्न मोन्लाम पाठहरु पनि सम्पन्न भएको छ, भने रिन्पोछेले नमो बुद्ध स्थित थ्राङ्गु गुम्बमाको भ्रमण गर्नुभएको छ । थ्राङ्गु गुम्बाका शरणनायक क्याब्जे, नवौ खेन्चने थ्राङ्गु रिन्पोछेको परिनिर्वाण पस्चात रिन्पोछेको कुदुङ राखिएको धम्महलमा भइरहेको विविध मोन्लाम पाठ कार्यक्रmमा परम पावन ४२औं साक्या ट्रिचने रत्न बज्र रिन्पोछेको पनि समुपस्थिति रहेको थियो । रिन्पोछे कपन स्थिति कपन गुम्बाका शरणनायक लामा जोपा रिन्पोछेको यो धर्ती शीघ्र अवतरण होस् भनी मोन्लाम पाठ गर्नुभएको छ । कपन गुम्बाका शरणनाक तथा एमपिएफटिका संस्थापक लामा जोपा रिन्पोछे परिनिर्वाण भएको दुइ महिना भइसकेको छ ।
परम पावन ४२ औं साक्या ट्रिचेन रत्न बज्र रिन्पोछेले हलेसी गुफाको पनि भ्रमण गर्नुभएको छ । नेपालको धार्मिक भ्रमणको क्रममा परम पावन ४२औं साक्या ट्रिचने रत्न बज्र रिन्पोछेले, सेटलाइट प्रविधिबाट प्रसारण भइरहेको नेपालको पहिलो एक मात्र बौद्ध टेलिभिजन बोधि टेलिभिजनले बुद्ध, धर्म दर्शन र शिक्षालाई घर–घर सम्म पु¥याउन बोधि टेलिभिजनले पु¥याएको योगदान अतुलनीय हरेको बताउनुभएको छ । रिन्पोछेले बोधि टेलिभजनको महापुण्यको कार्यमा प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सम्पूर्ण, धर्मदाता तथा स्वयमसेवकहरुलाई पनि धन्यवाद व्यक्त गर्नुभएको छ ।
परमपावन ४२औं साक्या ट्रिचने रत्न बज्र रिन्पोछेले नेपाल मण्डल परा पूर्वकाल देखि अति पवित्र स्थलहरुको बताउनुभयो । तिब्बतमा माहासिद्ध गुरुहरुले विभिन्न काल खण्डमा नेपाल मण्डलमा आइ बज्रयानका अति गुह्य तन्त्रहरुको समेत साधना गरेकोले यो स्थ अति पवित्र रहेको बताउनु भएको छ ।