“महामुद्रा जोग्छेन” सम्बन्धि अनलाईन शिक्षण हुँदै

img

बौद्ध  शिक्षक र तिब्बती बौद्ध धर्मका गुरु परम पावन् योङ्गे मिङग्युर रिन्पोछेद्वारा स्थापना गरिएको तेर्गार ध्यान समुदायले अगष्ट ११ देखि  “महामुद्रा जोग्छेन” सम्बन्धि  अनलाईन शिक्षण कार्यक्रमको आयोजना गर्न लागेको हो ।  अनलाईन शिक्षणमा महान भारतीय गुरु तिलोपाको शिक्षा र उनको प्रसिद्ध पाठ गंगा महामुद्रामा केन्द्रित रहेर वार्ता हुनेछ । अध्यापन अगष्ट ११ देखि अगष्ट १४ सम्म तय गरिएको छ । उत्त अनलाईन प्रशिक्षण कार्यक्रममा परमपान योङ्गे  मिङग्युर रिन्पोछेले महामुद्राको दृष्यको परिचय सँगै सहभागीहरूलाई तेरगारको आगामी प्रसारण, “महामुद्राः ए गीत अफ रियलाइजेसन” बुझ्न अवसर प्रदान गर्नुहुने छ । परम पावन मिङग्युर रिन्पोछे एक प्रसिद्ध ध्यान प्रशिक्षक र लेखक हुनुहुन्छ । उहाँले स्थापना गर्नुभएको तेरगार ध्यान समुदायको  विश्वव्यापी रूपमा शाखा केन्द्र स्थापना भएको छ ।